गजल

●  सूर्य मरहट्टा 

शहीद भन्दा पनि त्यसै मर्ने ठुलो हुँदो रैछ, 
उल्टो रैछ संसार यो, गफै गर्ने ठुलो हुँदो रैछ ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

पाखा लागे हिजोका ति खेल खेल्ने हस्तीहरु, 
झुक्किएर च्याँखे दाउमा पर्ने ठुलो हुँदो रैछ ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

तिम्ले सत्ता पाएपनि जन्ताको भाग्य फेरिएन,
छाउरा बोकी शहर बसाइँ सर्ने ठुलो हुँदो रैछ । 

  
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

मलाई पनि देखाइ देउ,काहाँ बन्यो देश आज ?
चढ्ने भन्दा ओरली नै झर्ने ठुलो हुँदो रैछ ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

अब भिक्षा दिनु हुन्न, सत्ताधारी जोगीलाई,
दिने भन्दा पनि झोला भर्ने ठुलो हुँदो रैछ ।

तपाइँको प्रतिक्रिया