बेल्जियममा दियो युनिटीले सास्ती, प्रहरी कागजपनि शंकास्पद

-सन्तोष न्यौपाने / बेल्जियम 

केहि समय अघि नेपालबाट यूरोपमा मानव तस्करी गरेको खबर सार्वजनिक भएपछि यूरोप र खासगरि बेल्जियममा हल्लीखल्ली नै मच्चिएको थियो । त्यस काण्डमा  बेल्जियम निवासी कृण्ण खतिवडा को नाम मुछिएको थियो (संवन्धित समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ  । तर जानकारी रहोस् कि केहि दिनसम्म उनको नाम उल्लेख भएपनि पछि विश्वन्युजले उनको नाम हटाएर समाचारलाई भने जस्ताको तस्तै राखेको थियो) । तर जब उनले त्यस न्युजको खण्डन गरे तब त्यसले झन आगोमा घ्यु थप्ने काम गर्‍यो । खण्डन गर्ने खतिवडाले प्रस्तुत गरेको सामाग्रि लेनै घटनाका बारेमा झन संकास्पद गराएको छ ।

समाचार प्रकाशित भइसकेपछि स्वयम कृण्ण खतिवडाले नेपालबाट ००९७७०१४७२१३९४ को नंवरबाट फोन गरि मलाई धम्क्याउने काम गरे (उनको धम्कि पत्र तल हेर्न सक्नुहुनेछ) । उनले समाचार असत्य हो भने त्यसको शिष्ट र विधिसम्मत तरिकाले खण्डन गर्ने काम गरेनन् । इमेल गरेर उनले विगत १२ वर्ष अघि देखि बेल्जियममा बसेको र आफू बेल्जिक नागरिक भएकोपनि ईमेल मार्फत नै उल्लेखपनि गरे । 

अझ चाखलाग्दो त के छ भने उनले ईमेलमा आफू बेल्ज (बेल्जियमको नागरिकलाई बेल्ज भनिन्छ) नागरिक भएको दाबी गरेपनि महनगरिय प्रहरी पराग कार्यालय हनुमानढोकाबाट लिएको स्पष्ठिकरण पत्रमा भने उनको ठेगाना मकवानपुर जिल्ला हेटौंडा नगरपालीका वडा नं ७ भनेर लेखिएको छ । नेपालबाट मानव तस्करी गर्ने क्रममा उनलाई फ्रान्सको प्रहरीले पक्राउ गरि नेपाल सूपुर्दगि गरेको र हनुमानढोका प्रहरी कार्यालयमा राखिएको समाचार प्रकाशित भएको थियो । उनले त्यसैलाई खण्डन गर्न हनुमान ढोका प्रहरी कार्यालयबाट आफू त्यहाँ पक्राउ नपरेको भन्दै स्पष्ठिकरण पत्र लिएका हुन् । 

एउटा बिदेशी नागरिकलाई के फलानो ब्यक्ति फलानो ठाउँ निवासी हो भन्दै प्रहरीले तत्कालै स्पष्ठिकरण दिन मिल्छ ? एउटा बिदेशी नागरिकलेपनि एकातिर म बेल्जियम बस्छु भन्ने अर्को तिर नेपालमै बसोबास भएको देखाएर सिफारिस माग्न मिल्छ ? हनुमान ढोका प्रहरी कार्यालयको पत्रमा उनी मकवानपुर निवासीनै भनेर किटानी गरिएको छ । कि उनले २ वटा पासपोर्ट प्रयोग गर्दछन नेपाली र बेल्जियन ? हनुमानढोका प्रहरी कार्यालयको पत्रले थप के शंका उब्जाउँछ भने उनी मकवानपुर निवासी र हाल बेल्जियमको एन्तर्पेन बस्दै आएको उल्लेख गरेपनि उनी स्वयंले आफू बेल्ज नागरिक भएको भन्ने तथ्य खुल्दैन । 

यो पत्रले किनपनि शंका उत्पन्न गराउँछ भने त्यसमा दर्ता नंबर नै उल्लेख छैन । तर आफू कुनै पनि मानव तस्करी अपराधमा नमुछिएको सोही दिन (०२ मे २०११) को उनले नेपाली दुतावास, ब्रसेल्सलाई लेखेको पत्रमा भने अन्तर्पेन, बेल्जियम निवासी लेखेका छन् । एकै दिन नेपालको प्रहरीले दिएको पत्र र नेपाली दुतावासलाई लेखेको पत्रमा दुई फरक देशको ठेगाना लेखिएको छ ।  के यस्तो संभव हुन्छ ?

तर आफू कुनै पनि मानव तस्करी अपराधमा नमुछिएको सोही दिन (०२ मे २०११) को उनले नेपाली दुतावास, ब्रसेल्सलाई पत्र पठाएका थिए । त्यसमा भने उनले  अन्तर्पेन, बेल्जियम निवासी लेखेका छन् । एकै दिन नेपालको प्रहरीले दिएको पत्र र नेपाली दुतावासलाई लेखेको पत्रमा दुई फरक देशको ठेगाना लेखिएको छ । के यस्तो संभव हुन्छ ? आखिर किन यसो गर्दैछ नेपाल प्रहरि ? यो सिधै नेपाल प्रहरिको पेशामा दाग लाग्ने काम भएको छैन ? कि यो रिपोर्ट तयार गर्न आर्थिक लेनदेन गरिएको छ ? 

के के मा सहभागि थिए खतिवडा

विगतमा नेकपा माओवादि निकट नेपाली जनप्रगतिशिल मंच बेल्जियममा रहेका खतिवडा दलाल पेशामा रहेको कारण उनलाई सो संस्थाबाट निस्कासित गरिएको थाहा हुन आएको छ । तथापि निस्कासित भइसकेपछि नेकपा एमाले निकट नेपाली लोकतात्रिक मञ्च बेल्जियममा संलग्न भएका हुन । नेपाली जन प्रगतिशिल मंचमा संग्लग्न कार्यक्रममा रहेका खतिवडाको विस्तृत समाचार हेर्न यहाँ क्लिक गर्नुस् । 

अन्नपुर्ण पोस्ट दैनिकमा २७ असार २०६७ मा प्रकाशित समाचार हेनुहोस

     बेल्जियममा पनि युनिटिको ठगि

गैर कानुनि रुपमा विभिन्न वित्तिय सस्था संचालन गर्दै आएको आरोपमा सरकारले सम्पुर्ण कारोवार रोक्का गरेको युनिटि इन्टरनेश्नलले बेल्जियममा पनि ठगि गरेको खुल्न आएको छ । आफुलाई युनिटिको परिचय पत्र देखाउँदै ति युवाले बेल्जियममा रहेका नेपालिहरुसँग समेत प्रतिब्यत्ति १५ देखि २० हजार रुपैयाँसम्म रकम उठाएको पिडित युवाहरुले बताएका छन । 

नेपाली लोकतान्त्रिक मंच बेल्जियममा सदस्य रहेका कृण्ण खतिवडा तथा विभुषण नेपाल लगायतका युवाको समुहले प्रत्येकलाई विभिन्न प्रलोभन देखाएर रकम अशुलि गरेको पिडित युवाहरुद्धारा शनिबार जारि प्रेश विज्ञप्तिमा उल्लेख छ । ति युवाहरुले बेल्जियममा नेपाली पिडित युवाहरुद्धारा शनिबार जारि प्रेश विज्ञप्तिमा उल्लेख छ । 

बस्ने घर तथा कोठामानै गई युनिटिको सदस्य बनेबापत राम्रो आम्दानि हुने तथा विभिन्न सुविधा प्राप्त गर्न सकिने प्रलोभन देखाएको प्रेश विज्ञप्तिमा उल्लेख छ । युनिटिको सदस्य बनेका युवाले नेपाल आएर जानकारि लिन खोज्दा आफनो सदस्यता युनिटिको कार्यलयमा दर्तानै नभएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसबारे जानकारि लिन खोज्दा ति युवा अहिले बेल्जियममा नै भुमिगत रुपमा बसोबास गर्दै आएको पिडितले बताएका छन । 

को को छन यसमा संग्लग्न 

युनिटिको सदस्य लिएकाहरु सँग टेलिफोन सम्पर्क गरेर सोध्दा उनिहरुले नाम प्रकाशित नगर्ने सर्तमा भने “हामि शिव बरुवालबाट सदस्य बनेका हौं । तर अहिले सम्म न त कार्ड नै पाएका छौ न रकम फिर्ता नै ।” उनिहरुका अनुसार करिब २२ हजार युरो संकलन भएको छ । यो करिब १ सय ५० जना सदस्य वापतको रकम हो । बरुवाल नेकपा एमाले प्रवास पार्टि कमिटिका बेल्जियमका वर्तमान अध्यक्ष् हुन ।

उनले म लगायत बिभिन्न ब्यक्तिलाई पठाएको मेल हेर्नुस् जस्ताको त्यस्तै तल 

”युरोपमा सकृय नेपाली मानवतस्कर फ्रान्स प्रहरीको फन्दामा” भन्ने शिर्षकमा तपाइको वेबसाइट मा आधारहीन भ्रामक समाचार छापेर चरित्र हत्या   गर्ने  दुस्प्रयास गरेको  रहेछ त्यसको पुष्टि तत्कालै गर्नु होला !  यसरि अर्काको अनाहकमा मानहानी गर्ने पेशा चलाउने अपराध नगर्नु होला / म बेल्जियम को नागरिक हुँ र मलाई कहिले पनि नेपाल डिपोर्ट गर्न मिल्दैन गरेपनि बेल्जियम गर्छ भन्ने कुरा लाटोले पनि बुझ्ने कुरा हो  पहिलो  कुरा /  

मैले अहिले सम्म कुनै पनि  गैरकानुनि काम गरेको छैन / मैले बेल्जियम सरकारको स्टाड हाउसमा छ महिनाको लागि नेपालमा बिजिनेस स्थापनाको लागि भनेर छुट्टी लिएर आएको हो र  यस साइटमा    गरिएको कुप्रचारमा मेरो गोरु बेचेको पनि साइनो नभएको जानकारी गराउछु र यो अपराध क-कसको मिलोमतोमा भएको हो म ११ तारिक बेल्जियममा   आएपछि चरित्र हत्या गर्ने बाहिरी अवारानका खलनायक शन्तोष न्यौपाने   भन्ने फटाहा लगाएत लाई र  कुप्रचार बाजी गर्ने यो वेब साइटको बिरुद्ध  बेल्जियमको फेडरल पुलिशकोमा अपराध अनुसन्धानको लागि मुद्धा हाल्ने र मानहानीमा बेल्जियम अदालतमा मुद्धा हालेर अपराधीहरुलाई कानुनी कठघरामा ल्याउने छु र साथै  यस्ता षडयन्त्रको भ्रममा नपर्न मेरा सबै सुभेच्छुकहरु लाई अनुरोध गर्दछु  / यो प्रचार बाजीमा लागेका हरुको नाम लिस्ट जम्मा गरेर राख्न म मेरा साथीहरुलाई हार्दिक अनुरोध गर्छु मेरो सम्पर्क नम्बर +९७७ ९८ १३३९५५८२ / ९८४१५२१९४४ हो

तपाइँको प्रतिक्रिया