जाग्नै लागेको हो पेरिसको नेपाली दुतावास ?

embassy-of-nepal-in-paris-1.jpg

नेपालकालागि जतापनि क्रम भंगको नारा, माग, आलोचना वा ब्यंग्य चलिरहेको छ । फ्रान्समापनि कतै त्यहि क्रम भंग गर्न लागिएको हो कि भन्ने छनक देखिन लागेका छन । हो, पेरिसको दुतावासले बडा राम्रो प्रयास थालेको छ । राम्रो कामको प्रशंसा, तारिफ अनि सहयोग गर्नै पर्छ नेपालको पर्यटन ब्यवसायलाई कसरि फ्रान्समा आकर्षण गर्न सकिन्छ । फ्रान्सेली पर्यटन ब्यवसायीका अप्ठेरा, गुनासा, असजिला, समस्या के के हुन ? तिनलाई के कसरि नेपाल सरकारले हल गर्न सक्छ ? दुतावासले के गर्न सक्छ ? यिनै विषयमा केन्द्रित रहेर कार्यक्रम गर्ने रे फ्रान्सेली मेडिया र पर्यटन ब्यवसायीहरुलाई बोलाएर ।  

फ्रान्स निकै लामो समयदेखि नेपाली राजदूत बिहिन छ । कार्यवाहक राजदूत छन जिवनप्रेम श्रेष्ठ । उनी आएकोपनि हालसालै हो । साँच्चिकै भन्नुपर्दा आफ्नै बसाई मिलाएर भ्याउने अवधिपनि भईसकेको छैन उनको । तर उनले आँट देखाएका छन नेपालका लागि केहि गर्ने । उनले पर्यटन बुझेका, फ्रान्सेली मानिसहरुमाझ भिजेका, संघसंस्थामा लागेका र ब्यापारी तथा ब्यवसायीहरुलाई बोलाएर त्यसबारे छलफल चलाए ।  नेपालका लागि के गर्न सकिएला ? के कसरि गर्ने ? ककसलाई बोलाउने ? कार्यक्रम संचालन, अवधि, निम्तालुको ठेगानादेखि सारा विषयमा छलफल गरे । र त्यहिँ सल्लाह गरेर कार्यक्रमको मीतिनै तोकेर देखाए । अनौठै भयो ।

नेपालको पर्यटन बिकासका आआफ्ना धारणा थिए त्यहाँ । सबै भन्दा राम्रो बिचार राखे ब्यापारी group-discussion-embassy-009.jpgबिनोद ओझाले । हामी नेपालीहरुको कमजोरी हो-थोरै जान्ने, धेरै जाने झै गर्ने । अध्ययन नगर्ने अनि बिना ज्ञान बोल्ने । अरुका कुरा नसुन्ने, आफु मात्रै बोल्ने । त्यहाँपनि त्यस्तै हुनु केहि मात्रामा स्वभाबिकै थियो । रत बिनोद ओझा कम बोले । नेपालमा धेरै पर्यटक लगेपनि होटेल पाउन मुस्किल हुने, विमान र अन्य स्थानिय सेवाको अभाव हुने दर्साए । पानी, यातायात, बिजुली बत्ती जस्ता न्यूनतम सुबिधापनि हुन नसकेको, नेपालसम्म पुर्‍याउन सिधा हवाई सेवा नभएको लगायतका गुनासा थिए उनका । फ्रान्सेली समाजमा राम्ररि भिजेकि दिदी कल्पना घिमीरे पनि टुप्लुक्क देक्देखा परिन । नेपाल संबन्धि चासो राख्ने फ्रान्सेलीहरुलाई पनि संलग्न गराउन र नेपालबारे जानकारीहरु फ्रन्सेली भाषामा बनाएर प्रचारप्रसार गर्नुपर्ने सुझाव दिईन उनले। 

 

अधिकांश धारणाहरु तिनै पर्यटन क्षेत्रका समस्याहरुमा केन्द्रित थिए । जबकि कार्यक्रम थियो कसरि फ्रान्सेली पर्यटन ब्यवसायीलाई आकर्षित गरेर कार्यक्रम फत्ते गर्ने भन्ने । एनआरएन फ्रान्सका अध्यक्ष अशोक न्यौपानेको सुझाव अलि भिन्न खालको थियो। फ्रान्सेली ब्यापारीहरुले आफुहरुलाई परेका समस्याहरु औंल्याएर त्यसको समाधान गर्न सक्ने वा नसक्ने सरकारी नीति र योजनाबारे स्पष्ठ हुन चाहन सक्छन । त्यसको लागि दूतावास स्पष्ठ र तयार हुनुपर्छ ।  नेपालको पर्यटन संबन्धि प्रचारप्रसार के कसरि गर्न सकिन्छ भन्ने सुझाव र अक्किल भन्ने सुझाव चाहिँ निकै आए । नेपाल संबन्धि मानविय सेवा पुर्‍याउँदै आएका फ्रान्सेलीहरुलाई समेटेर तिनका गुनासाहरुपनि सुन्नु पर्ने सुझाव थियो हरिहर अर्यालको । नेपाललाई निस्वार्थ ढंगले वर्षौंदेखि मानविय सहयोग पुर्‍याउँदै आएकालाई सरकारले कहिल्यै वास्ता नगरेको औंल्याईयो । तिनले अप्रत्यक्षरुपमा नेपालको पर्यटनमा ठुलो योगदान पुर्‍याएको पनि बताए ओझा र अर्याल दुबैले ।group-discussion-embassy-024.jpg  

 पेरिसस्थित दुतावासले नेपालकालागि केहि गर्ने उद्देश्यले यस अघि कहिल्यैपनि यस्तो रचनात्मक कामलागि छलफल नगरेको बताएका थिए अधिकांशले । “आफुलाई मन परेका दुई चार जना बोलायो अनि सकियो। केहि पनि थाह हुँदैनथ्यो भन्दै थिए ओझा ।  फ्रान्सेली पर्यटन ब्यवसायीहरु के सोच्छन, तिनका गुनासा के छन, अप्ठेरा के छन, फ्रान्समा नेपाललाई स्थापित गराउन के के गर्नु पर्ने हो, के खोज्छन फ्रान्सेलीहरु भन्ने पहिले स्पष्ठ सुन्नुपर्ने, र त्यहि अनुसारतिनै सुझावका आधारमा अगाडि बढ्नुपर्ने भन्ने भन्ने खालका गम्भिर सुझावपनि आए केहि मात्रामा ।  नेपाली दुतावासहरु साँच्चिनै दुतावासका रुपमा थिएनन । राजतन्त्रले आफुलाई मन परेका वा चाकरि गरेकालाई गरिखान, उमेर ढल्केपछि मोजमस्ति गर्ने अवसर जुराइदिन, राजतन्त्र टिकाउन दरबारबाट हौवा पिटिने प्रचारबाजीलाई बिदेशीकहाँ पुर्‍याउन, यसो नेता र दरबारियाहरु भ्रमणमा आउँदा चाँजोपाँजो मिलाउन र कनिकुथी भिसा दिने । यहि थियो जम्माजम्मी काम । २०४६ सालमा प्रजातन्त्र आएपछि पनि त्यहि रुपमा चल्यो । अझ गतिछाडा बनाए कांग्रेस र एमालेले ।

तर गत हप्ता बडो नाटकिय लक्षण देखायो पेरिसको नेपाली दुतावासले । group-discussion-embassy-027.jpg बिभिन्न पार्टीको खिचडी सरकार छ । सिमा, अधिकार, स्रोत र कार्यक्षेत्रका आफ्नै अप्ठेरा र सिमित घेरा छन । भोली सरकार के हुने हो भन्न सकिन्न । अनिश्चयनै अनिश्चय छ । यस्तो अवस्थाले कार्मचारीहरुको मनोबललाईपनि पक्कै प्रभाव पार्छ । तर काम गर्न चाहनेहरुलाई ति सिमाले छेक्दैनन भन्ने उदाहरण देखाउन खोज्दैछन कार्यवाहक राजदूत जिवनप्रेम श्रेष्ठ । उनले पर्यटन ब्यवसायी सँगको छलफल लगत्तै नेपालमा मानविय हितको काम गर्ने फ्रान्सेलीहरुको भेला बोलाउने योजना गरेका छन ।

त्यसको लगत्तै फेरि नेपालमा के कस्तो लगानी भित्र्याउन सकिन्छ भनेर फ्रान्सेली ब्यापारीहरुसँग छलफल चलाउने योजनापनि बनाएका रहेछन ।  काम गर्न आँटेपछि केहि न केहि उपलब्धि त अवश्यै हुन्छ नै । केहि नभएपनि उनले त्यति मात्रै गरे भनेपनि यो विश्वभरिकै नेपाली दूतावास र तिनमा काम गर्ने जागिरे मानसकिता भएका कर्मचारीहरुलाई गजबको पाठ हुने छ । विश्वका अन्य मुलुकमा भएका नेपालीहरुलाई आफ्नो दुतावासलाई झकझकाउने एउटा उदाहरणपनि बन्ने छ ।

तपाइँको प्रतिक्रिया