मागेर दिन्छ कस्ले अधिकारहरु ??

-अनुकुल प्रकाश

जवसम्म तिमिमाथि नाङ्गो नाच्नेछन् अवसरवादी नरपिशाचहरु

जवसम्म तिमी सुम्पिरहनेछौ देशको भविष्य राष्ट्रघाती हातहरुमा

तवसम्म तिमी वाध्यता, विवशताको जन्जिर र फलमे वारभित्र 

मानव मुकुन्डो धारी गिद्द र ब्वाँसाहरुको आशुरी चक्रव्युहरुमा

वन्दी हुनेछौ र निहार्नेछौ आफ्ना सन्तान दर-सन्तानका भविष्य

आफु जस्तै जीवन बाँचिरहेका, सागोलिक निरिह कैदिहरुमा !!

                                       

छोड तिमी वाध्यता अनी विवशताका लाछी कुराहरु

कती दिन जिउँछौ ??? फालेर पाएका टुक्रा-टुक्राहरुमा  

चुडाउ तिमी ति जन्जिरहरु, तोडिदेउ फलामे वारहरु  

दैवलाई दोषदी” नफोर टाउका मन्दिरका सँगारहरुमा

तिमीलाई रुँदै कराउँदै मागेर दिन्छ कस्ले अधिकारहरु ??

आफ्ना निमुखा अनुहारहरुलाई बदल जलिरहेको अंगारहरुमा 

नियालेर हेर तिमीभित्र नै छ यो युग पल्टाउने तागतहरु

उगाउ लाभाहरु मनभित्र देखियोस धुवाँका मुस्ला आँखाहरुमा

कोरिदेउ विजयगाथा बनाएर मसी हर एक थोपा रगतहरु

छरपस्ट पोतिएका “””घामका रक्तिम पानाहरुमा”””   

चितवन संपर्क [email protected]

 (साथीहरु यो मेरो कविता मलाई एकदम मन पर्छ । सायद तपाईंहरुलाई पनि मनपर्छ भन्ने आशा लिएको छु, तर शीर्षक जुरेको छैन । शिर्षक के राख्दा उचित होला बताइदिनु हुन्छ की ??)

(लामो समयसम्मपनि अनुकुलजीले शिर्षक न पठाउनु भएपछि म स्वयंले कविता भित्रबाट उत्तम ठानेर यो शिर्षक राखेको हुँ । अनुकुलजीको आपत्ती वा अर्को शिर्षक छ आफ्नो छनौटको भने सुझाव दिनुहुन अनुरोध छ-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया