गित : मान्छे कति स्वार्थी !

दिलिप योन्जन / अस्टिन, अमेरिका

सबै आफ्नो पराइ भए, बाँच्नु केको लागी 
तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी !

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
एउटा मुटु  दुइटा भयो, लागे पछि खोट
बाँच्नु भन्दा मर्नु निको, लागेपछि चोट 

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

बाहिर जती हाँसेपनि, मनै रहेछ पापी 
तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी !

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

हिँड्दा हिँड्दै ठेस लाग्छ, लागे पछि दिन 
साँचो माया झूटो बनाई, लगाई छाडी रिन

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

बाहिर रुइ भित्र हाँस्ने, मान्छे रैछ जाली 
तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी !

तपाइँको प्रतिक्रिया