जनबिद्रोहका नाममा फेरी रक्तपातको तयारी

दश वर्ष लामो रक्तपात झेलेर भर्खरै आएको हाम्रो मुलुकले के अर्को रक्तपात थेक्न सक्ला ? फेरी हजारौं जनता माओवादीको जनयुद्दमा झैं बलिदान दिन तयार छन् ? फेरी त्यस्तै बिद्रोहलाई साथ देलान जनताले ? देशले त्यस्तै ठूलो आर्थिक क्षती ब्यहोर्न सक्छ ? वास्तबिकता जे सुकै होस्, मुलुकमा फेरी अर्को रक्तपातको तयारी भब्य रुपमा भैरहेको छ ।

दुखको कुरो, माओवादीले अहिले जनविद्रोहका नाममा गाउँ गाउँमा तयारी गरिरहेको छ । यो जनबिद्रोहले फेरी देशलाई आर्थिक रुपमा टाट पल्टाउने छ । सयौं हजारौंको ज्यान लिने छ । तर माओवादीको भनाईमा भने शामान्ति सत्ता कब्जा गरेर गरिव र निमुखा, शोषित र पिडित जनताको मुक्ति हुने ब्यवस्था ल्याइने छ ।

माओवादीका नेताले कहिले संविधान नबने जनबिद्रोह भन्थे । अर्काथरी नेता होइन, हामी शान्ति र संबिधानका पक्षमै छौं भन्थे । जनविद्रोहका लागि पेलेको पेलै गरिरहेको सुनिन्थ्यो- कडा पक्षका भनिने बैद्द समूहले । साँच्चै जेठ १४ मा अब संविधान नबने होला के ? थुप्रै पाठकको जिज्ञासा थियो यो । मैले लामो समयदेखि माओवादीको कुनै न कुनै उच्च नेतासित संवाद गर्न खोजिरहेको थिएँ । देश बाहिर भएकाले सजिलो थिएन । आज यस्सो पुराना परिचित एक क्षेत्रीय नेताको फोनमा घण्टी मारें । उनी रहेछन् ललितपुरको डाँडामा । पहिलो घण्टी हेल्लो भन्नासाथ काटियो । फेरी लगाएँ । उनले केहिबेर कुरा गरे । सन्चो बिसन्चोको औपचारिकतापछि सोधिहालें – कामरेड के हुँदै छ ? उनले खरर जवाफ दिए- के हुने, म त ह्याँ ललितपुरको डाँडामा छु अहिले । गाउँमा जनतासित संवाद र छलफल, कार्यकर्तासित मञ्चन गरेर काठमाडौं झर्दै रहेछन् उनी । 

थुप्रै कार्यकर्तासित जनयुद्दको तयारीका बारेमा छलफल चलाएर काठमाडौंतिर झर्दै गरेको उनी बताउँदै थिए । केहि कार्यकर्ता उनै गाउँतिरै छोडेका रहेछन्, केहि सँगै झर्दै रहेछन् । फोन पटक पटक काटियो । मैले पटक पटक जारी राखें । संविधान किन नबन्ने भन्ने मेरो जिज्ञासामा उनले धेरै बेर जवाफ दिन भ्याएनन् । भने- संविधान बन्दै नबन्ने भो । बनेपनि गतिलो नबन्ने भो । किनभने नेपाली कांग्रेस संविधान बनाउन नदिने षडयन्त्रका साथ उत्रियो । कि त कांग्रेसले जे जे भन्छ त्यहि अनुसार कागजको खोस्टो जस्तो संविधानमा हामीले हस का हस भन्दै ल्याप्चे धसेर जनतालाई धोका दिनु पर्‍यो । हामीपनि सिद्दिनुपर्‍यो । पुरै कांग्रेसका अगाडि झुक्नुपर्ने भयो । हामी जनतालाई कागजको खोस्टो जस्तो संविधान दिन चाहँदैनौं । अग्रगामी संविधान बनेन भने त्यसको औचित्य रहन्न ।

त्यति भनेपछि उनले पार्टीले गाउँ गाउँमा जन बिद्रोहको तयारी गर्ने निर्देशन दिएकोले अहिले नेताहरु सबै गाउँ गाउँमा केन्द्रित रहेको । गाउँमा सभा र बैठक, गाउँलेलाई जनबिद्रोहको औचित्यबारे खुलस्त पार्दै तयारी गराउन केन्द्रित रहेको बताउँदै थिए । फेरी फोन काटियो । मैले पुन सम्पर्क गरें । उनले ‘कामरेड आज म डाँडा मा छु, काटिएको काटियै गर्छ, भोलि यतिनै खेर गर्नुहोला, सबै खुलस्त पारुम्ला’ भने। मैले उनलाई नबिर्सिनुहोला, म गर्छु भनें । बास भएको कुराकानी यत्तिनै हो । भोली उनीसित ब्रिस्त्रित कुराकानी गरेर फेरी राखौंला है त ?

तपाइँको प्रतिक्रिया