गजल : सहज लाग्न थाल्यो

शिवराज पन्त / रेडिंग, युके

 

बिछोडको मजबुरी सहज लाग्न थाल्यो

तिमीसँगको यो दुरी सहज लाग्न थाल्यो 

°°°°°°°°°°°°°°°°°°°°°°°°°

बिझाउन्न आजकाल तिखो काँडा मलाई

घाँटीमै धारिलो छुरी सहज लाग्न थाल्यो

°°°°°°°°°°°°°°°°°°°°°°°°° 

उडेर गए इच्छा चाहना सबै मेरा

आँधी तूफान अनी हुरी सहज लाग्न थाल्यो

 °°°°°°°°°°°°°°°°°°°°°°°°°

तिरेकै छु आजसम्म पाएको केही छैन

जीवनभरिको यो दस्तुरी सहज लाग्न थाल्यो ||

तपाइँको प्रतिक्रिया