अब किन पढने चिन्ता ?

-सागरिका 

बन्द गर स्कूल सबै

किताब सबै च्याती देउ

कलम सबै भाँचीकन

कलेजहरुमा आगो लगाई देउ

 किन चहियो अब स्कुल कलेज

किन दौड अब प्रथम हुने

साँध लगाइ बरु खुकुरिहरुमा

आफ्नैहरुको घाँटी तिमी रेटन सिक

किन रट्छौ ए भाई बहिनी

अब यो क ख ग घ

थामी बन्दुक हातमा तिमी

गर्न थाल बरु भटटट

विद्वान हाम्रा अर्थ मन्त्रि

महान हाम्रा सबै नेता

दिन्छन अब त्यसै डिग्री

अब किन पढने चिन्ता ?

केही गर्नु पर्दैन तिमीले

बोले मात्र पुग्छ

काम गर्नु पर्दैन कसैले

हात फैलाए हुन्छ

यो नयाँ नेपाल हो साथी

जे गरे नि यहाँ हुन्छ

जुनलाई घाम अनी

घामलाई जुन भने नि हुन्छ

बिदेश गै पिएचडी गर्नेहरु

सबै अब घर फर्की आउ

यि पाङ्दुरे नेताहरुसँग मिली

देशलाई स्वीस होइन नरक बनाउ ।

(केहि दिन पहिलेको एक बिहान ईन्टरनेट नियाल्दै गर्दा लौ आयो आयो सित्तैमा डिग्री….. भन्ने लेख मेरो संसारमा पढेर भट्टराई जस्तो शिक्षित ब्यक्तिको बुद्धी देख्दा साह्रै दिक्क लागेर रचिएको) ।

तपाइँको प्रतिक्रिया