मेरो माँया

-केशव पुन 

फूल देख्ने नजरले, काँडा देख्न थालेपछि

सुन्दर घर खरानी भो, राँको तिम्ले बालेपछि ।।

उग्रचण्डी बन्न थाल्यौ, मनमा पाप पालेपछि

सङलो पानी धमिलो भो, कालो मैलो हालेपछि ।।

न्यानो माँया चिसो भयो, तिमी जोशमा मातेपछि

सँगै जिउने कसम तिम्ले, पराइसँग साटेपछि ।।

सपना सारा भङ्ग भयो, तिम्ले साथ छोडेपछि

हिँड्दा हिँड्दै बिच बाटोमा, पाइला अन्तै मोडेपछि ।।

एकै क्षणको सुखमा, संसार भुल्न खोजेपछि

तगारो म बन्दिन, आफ्नो बाटो रोजेपछि ।।

बाचा वन्धन तिम्रो लागि, ख्याल ठट्टा भएपनि

अटल अजम्बरी मेरो माँया, आँधी हुरी आएपनि ।।

कुँहु-७ (म्याग्दी),

हाल-जापान  ।
 

तपाइँको प्रतिक्रिया