गजल
-सूर्य मरहट्टा
जताततै वनस्पति सधैं हराभरा भए,
देश साँच्चै देश हुन्थ्यो, हजार थरि चरा भए ।
++++++++++++++++++
गाँस, बास, कपासको जरुरत छैन तिन्लाई,
भर्छन् आफ्नो पेट आफैं फाँट र गरा भए ।
++++++++++++++++++
सिन्का सिन्का बटुलेर सिङ्गो घर बनाउँछन्,
आली, कान्ला, रुख, झाडी, झ्याङ र लहरा भए ।
++++++++++++++++++
एउटै काम गरेपनि धन्य हुन्छ जिवन्,
सबै पंछी जोगाउने हाम्रो परम्परा भए ।





