फ्रान्सेली राष्ट्रपतीसित राजा वीरेन्द्र रिसले आगो
-फँसिस द नोइयल
नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो नेपालका छिमेकि देशहरु भूटान, सिक्कीम सबैबाट समर्थन पाएको भए । नेपालले आफ्नो फिडेल क्यास्ट्रो जस्ता कम्युनिष्ट अतिबादसँगको संबन्ध नतोडिकन शान्तिक्षेत्र घोषित मुलुक बन्न चाहेको थियो । त्यो त संभव थिएन । नेपाललाइ शान्ति क्षेत्र बनाउन चाहने तर तटस्थ रहन नचाहने ।
हाम्रो राष्ट्रपति फँस्वा मितेरँले सरकारि भ्रमण गर्दा मैले भाषण तयार गर्नुपर्यो । अतिवादलाई साथैमा राखेर नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न न्यायिक रुपमा संभव थिएन । तर हामीले त्यो प्रस्ताब एकदम राम्रो हो भनिदियौं । राष्ट्रपति मितेराँ चानचुने थिएनन । उनी त निपुँण खेलाडी थिए । मितेराँलाई तरिका बतायौं । उनले ‘त्यो चाखलाग्दो प्रस्ताब हो’ भने । त्यति त भने तर केहिपनि गरेनन । राजा वीरेन्द्र त रिसले आगो भए । त्यसपछि राजाले उनलाई पोखरा घुमाउन लगे । फ्रान्सले नेपाललाई शान्तिक्षेत्रमा हस्ताक्षर गर्नुपर्छ भनेछन मितेराँसित फेरि । त्यो स्वाँठ कुरो भने थिएन ।
नेपाललाई शान्तिक्षेत्र घोषणा गर्नु अन्तर्राष्ट्रिय कानुन अनुसार सर्कसमा खेल देखाए जस्तै थियो । भारतिय सैनिकले हामीलाई सुरक्षा दिनुपर्दैन भन्ने नेपालको सोच थियो । ‘हाम्रोलागि त्यो एकदम महत्वपूर्ण हो’ भने वीरेन्द्रले । एक्लै विकास गर्न, रहन नेपाल सक्षम थियो । तर त्यो सर्कस देखाउने मानिस सर्कस सकिएपछिपनि एक्लै हिँड्न सक्षम हुनुपर्यो नी !
नेपालीहरुले सधै हामी भारतवेष्ठित भनिरहन्थे । तरपनी एउटा असल हितैषीका नाताले फर्किने बेलामा राजालाई मैले ‘भारतियहरु मूर्ख छैनन, धेरै बिजुली दिनुहुन्न है, तिनले कौडीको दाममा लिन खोज्छन ‘ भनेको थिएँ ।
भारतियपनि रिसले आगो
दुई महिनापछि हामीलाई राष्ट्रपतिको विज्ञप्ति आयो टेलीग्राफ मार्फत । त्यसमा फ्रान्सले नेपाललाई शन्तिक्षेत्रको प्रस्ताबमा सहमति जनाउँछ भनेर लेखिएको थियो । त्यो थाह पाएपछि त भारतीयहरु रिसले आगो भइहालेनी ! त्यतिबेला भारतलाई हाम्रो क्यानोन १५५ हतियार बिक्रि गर्न छलफल चलिरहेको थियो । अहिले पो त्यो शास्त्रीय जस्तो भयो त । त्यतिबेला त त्यो एकदम नयाँ र आधुनिक थियो । भारतियहरुले त्यसपछि के मान्थे । किन्नै चाहेनन । नेपालले क्यानोन १५५ को हतियार बिक्रि गर्न पाउने बजारको मुल्य चुकाइदियो । कूटनीतिले कसरि काम गर्दो रहेछ देखियो ।
त्यो बेला उनीहरुलेपनि हामीलाई शल्यक्रिया गरे । त्यति बेला त्यो क्यानोन-१५५ हाम्रो पछिल्लो उत्पादन थियो । अलि ठूलैपनि हो १५५ मिलीमिटर भनेको । अरु देशकालागिपनि हामी अगाडिनै थियौं । सैन्य हिसाबले शक्तिशाली मुलुक भएकालेपनि भारतलाई सबैभन्दा आधुनिक हतियार चाहियो । कम्तिमापनि पाकिस्तानको भन्दा त आधुनिक चाहियो । नेपाललाई शान्तिक्षेत्रमा समर्थन गरेपछि त्यसको बिरुद्दमा गए भारतियहरु । किनभने दौडिरहेको गाडीमा ट्वाक्क ब्रेक लगाएजस्तो भयो भारतको लागि फ्रान्सले नेपाललाई गरेको समर्थन । नेपालको भूगोलमा नैतिक प्रभूत्व भएको जस्तो देखिन्थ्यो भारतको ।
नेपाल फिडेल क्यास्ट्रोतिर ढल्किन चाहने । अलि बढि वामखेमातिर । त्यतिबेला नेपालको ख्याति अलिकति निरंकुश प्रभुत्व थियो । त्यसैले शान्ति क्षेत्रको प्रस्ताब गरेपनि सजिलो थिएन । शान्ति क्षेत्र त होला तर अस्थायी । ति सबै मिश्रण सहज थिएनन ।
(ददि सापकोटाको प्रकाशोन्मुख पुस्तकको छोटो अंश हो यो । वैशाखको पहिलो साता जगदम्बा प्रकाशनले पुस्तक बजारमा ल्याउने छ । फँसिस द नोईयल फ्रान्सलागि नेपालका प्रथम आवासिय राजदूत हुन् । फ्रान्सेली राष्ट्रपती फँस्वा मितेरँको नेपाल भ्रमण उनैले मिलाएका थिए । नेपालका राणा प्रधानमन्त्री मोहन शमशेरदेखि राजा वीरेन्द्रसम्म र भारतीय नेता जवाहरलाल नेहरुसित समेत निकट रहेर कामगरेको अनूभव भएका उनले नेपाल, भारत र फ्रान्स लगायत विविध विषयमा थुप्रै चाखलाग्दा विषयहरु ब्यक्त गरेका छन् ।)




