गजल

-बिष्णु वाग्ले
 
अत्याचारको रुख ढलोस नयाँ नेपालमा
 
भ्रष्टचारको आँत गलोस नयाँ नेपालमा ।
 

भोकाले पेट भर्न अनि नाङ्गाले लाज छोप्न पाउन
 
बिधिको त्यो शासन चलोस नयाँ नेपालमा ।।


 लाटाहरु बोल्न सिकुन अन्धाहरु देख्न सिकुन
 
सभ्यताको जग बसोस नयाँ नेपालमा ।।।
 
तराई उठोस पहाड जुटोस हिमाल त्यसै गरि
 
समानताको दीप बलोस नयाँ नेपालमा ।।।।
 

आउ सारा सबै मिली श्रृजनमा इट्टा थपौं
 
पौरखी यि हात बनोस नयाँ नेपालमा ।।।।।
 
-किचनाश ४

दहपोखरी, स्याङ्जा

( साथीहरु के कविता लेख्न सजिलो छ ? नत्र अरु बिधामा किन कलम नचलाउने त ? लघुकथा, कथा, संवाद, नियात्रा लगायत अन्य साहित्यिक रचनापनि स्रिजना गर्नुहोस । जिवनमा घटेका वा बढेका अनौठा अनौठा क्षणहरुबारे लेखि पठाउनुहोस । याद गर्नुहोस, तस्विर सहितका रचनाले प्राथमिकता पाउँछन । कविता धेरै प्राप्त भएकाले पालो आउन केहि समय लाग्ने भएको छ ।-नेपालप्लस)

 

तपाइँको प्रतिक्रिया