जापानमा लगातार भूकम्प, जनजिवन अझै त्रस्त

(अहिलेसम्म नेपालीहरुको अप्रिय खबर सुन्नु नपरेको र खोजि कार्य तिब्र पारिएको एन आर एन का केन्द्रिय अध्यक्ष देवमान हिराचनले ईमेल मार्फत जानकारी दिएका छन्)

हिजो दिउँसोदेखि गएको भूकम्पले जापानमा अझै विश्राम लिएको छैन । ८ दशमलव ९ रेक्टरको भूकम्पको क्षती लगत्तैपनि जापानमा लगातार साना भूकम्पहरु गैरहेका छन् । स्थानिय मानिसहरुले भूकम्पको कम्पन लगातार महसुस गरिरहेकाले स्थानियहरु त्रस्त बनेका छन् । प्रशासनले अझै ठूलो भोकम्प आ उने सक्ने चेतावनी दिएको छ । सबैलाई चनाखो र सतर्क रहन आव्हान गरिएको छ ।

जापानबाट संप्रेषण हुने वी लव नेपालका अनुसार महाभूकम्पबाट अहिलेसम्म त्यहाँ ८६४ जनाको म्रित्यु भएको किटान भैसकेको छ । हजारौ मानिसहरु घाइते अवस्थामा फेला परेका छन् । अझैपनि करिब ९५५ जना सम्पर्क बिहिन छन् । सि एन एनले भने ९०० को म्रित्यु भएको दाबी गरेको छ । जपानी अधिकारीहरुले खोजि र उद्दार कार्यलाई भने तिब्रता दिएका छन् । हिजोदेखि अहिलेसम्म हज्जारौं मानिसको उद्दार गरिसकिएको छ ।

घाइते र म्रित्यु हुनेहरुको संख्या भने हजारौं हुनसक्ने अनुमान गरिएको छ । सेन्दाईको सिजुकावा क्षेत्रमा मात्रै १० हजार मानिस हराइरहेको पनि वे लभ नेपालले उल्लेख गरेको छ । उद्दारकालागि गएका ५१ प्रहरीपनि संपर्क बिहिन भएका छन् ।

तपाइँको प्रतिक्रिया