सुनामीका पछिल्ला खबर
-सेन्दाई क्षेत्रको प्रहरीले करिब तिन सय लास फेला पारेको र त्यस क्षेत्रको सबै (१८०० ) घरहरुनै क्षतीग्रस्त भएको बताएको छ । तर बीबीसी विश्व सेवाले भने ३५० जनाको लास फेला परेको उल्लेख गरेको छ ।
-हराउनेको संख्या हाललाई ५०० भनिएपनि त्यो बढ्न सकिन्छ बताइन्छ ।
– जापानी अधिकारीहरुले चार वटा रेल र १०० जना बोकेको पानी जहाज हराइरहेको बताएका छन् ।
– भूकम्पको त्रासले टोकियोका स्थानियहरु अहिलेपनि ठूलो संख्यामा पार्क र खुला ठाउँमा बसिरहेका छन् । कामदारहरु धेरैले कार्यालयमै रात बिताएका छन् ।
– टोकियो वरिपरिका ४० लाख घरहरुमा बिद्दुत सेवा काटिएको छ ।
-सेन्दाइ क्षेत्र जहाँ सुनामीको असर बढि परेको छ त्यहाँ आणबिक भट्टि नजिकै रहेकाले जापानी रक्षमन्त्री तोसिमि काताजावाले विशेष विमानहरु निगरानीकालागि खटाएका छन् । त्यहाँबाट ३ हजार मानिसलाई अन्यत्र सार्न निर्देशनपनि दिएका छन् ।
-जापानलाई ४५ देशका ६८ उद्दारकर्मीको टोलीले उद्दारका लागि प्रस्ताव गरेका छन् ।
-जापानले अन्तर्राष्ट्रिय समूदायसित उद्दारकालागि आव्हान गरेपछि त्यस्तो प्रस्ताब गरेपनि जापानले त्यति धेरै सहयोग भने नमागेको संयुक्त राष्ट्र संघले बताएको छ ।
-आणविक भट्टिहरुलाई तात्न नदिने संयन्त्रको निगरानीका लागि अमेरिकी एयर फोर्सका विमानहरु सेन्दाई पुग्ने र यूरोपेली परिषदले भने खोजि कार्यकालागि तालिम प्राप्त कुकुर र उद्दारकर्मीहरु पठाउने भएको छ । जापानी प्रधानमन्त्रीको आग्रह अनुरुप त्यसो गर्न लागिएको फ्रान्सेली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
-संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले जापानी जनतामाथि परेको यो बिपत्तीमा गहिरो दुख मनाउ गर्दै राष्ट्र संघले जस्तो सुकै सहयोग पनि गर्ने बचन दिएका छन् ।
-रेड क्रसले यो सुनामीले करिब एक हजारको ज्यान लिएको हुन सक्ने अनुमान गरेको छ ।
-रेड क्रसले सुनामी शुरु भएको २४ घण्टा सम्म त्यसको उच्च जोखिम हुने बताएको छ । कतै कतै त सुनामीका छालहरु प्रशान्त क्षेत्रमा रहेका टापू भन्दापनि अग्लो गरि उठेको छ ।
– घरबार बिहिन भएकाहरुलाई तत्कालै राहद पुर्याउन रेडक्रसले २० हजार टेन्ट सहितको टोली खटाइसकेको छ । त्यसमा पकाउने, खाने लगायतका दैनिक जिवन टार्न चाहिने सम्पूर्ण सामाग्रि छन् ।
-संयुक्त राष्ट्र संघको न्युक्लियर एजेन्सीका अनुसार जापानका चार वटा आणबिक भट्टीहरुलाई उसले सुरक्षित तरिकाले बन्द गराएको छ । संयुक्त राज्य अमेरिकाले आणविक भट्टीहरुको निगरानी र सुरक्षाकालागि गरेको प्रस्ताव भने ‘त्यसकालगि आफुहरुनै सक्षम रहेको’ भन्दै अस्विकार गरेको छ ।
-जापानमा गएको भूकम्प प्रशान्त क्षेत्रका धेरै ठाउँमा गएको र त्यसको धक्का समुद्रमा २४ किलोमिटर भित्रसम्म पुगेको अमेरिकी ज्योलोजिकल सर्भेले उल्लेख गरेको छ ।
-प्रशान्त क्षेत्रका तटिय भागमा यो यति छिटो किन फैलियो भने यो सुनामी प्रति घण्टा ८०० किलोमिटरका दरले दौडिएको थियो ।
– अमेरिकाकोपनि वासिंगटन, ओरेगन र क्यालिफोर्निया क्षेत्र प्रशान्त महासागरको नजिक पर्ने भएकोले त्यहाँबाटपनि हजारौं मानिसलाई अन्यत्र सारिएको छ ।
-यो सुनामी अझै एक हप्तासम्म अगाडि बढ्ने विशेषज्ञहरुले बताएका छन् ।
(समाचार विभिन्न एजेन्सीहरुको सहयोगमा । फोटो: बीबीसी वर्ल्ड)




