मेरा मातापिता

-गुरु केदार बराल / अमेरिका

यो धर्ती देखाइदिने र बुझाईदिने

देवका देव मेरा मातापिता

आदर मैले गरेर पुग्दैन

मेरो कर्तव्य पुग्दैन सदा ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

लोकको पनि महालोकबाट

जन्मेका मेरा मातापिताले

आज मलाई संसार देखाइदिए

यो ब्रह्माण्ड बुझ्नलाई

मलाई पैदा गराईदिए ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

आज म जे छु जे गर्दै छु

मातापिताको देन हो

जुन चाखो मार्गमा हिँडिरहेको छु

मार्ग मातापिताले खोलिदिएको हो ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

धन दौलत के का लागि

कुनै बेला मेरो मन भन्दछ

भविष्यमा चिनो छोड्ने

एक लालच मनमा छ ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

त्यो लालच मेरो लागि होइन

म्ाता पिताको सम्झनामा

एक अमूल्य कीर्ति छोडिदिनेछु

आभार रही मातापितामा ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

यो दुनियाँमा ठूलो को छ र

माता पिता सिवाय कोही छैन

जसले मातापितालाई अनादार गर्छ

उसले आँखा नै देख्दैन ।

तपाइँको प्रतिक्रिया