गजल

शिला ठकुरी, पेरिस 

विष पिए जस्तै पीडा तिमी टाढ हुँदा मुटु 

रित्तिए झैं भयो आँशु तिम्लाई सम्झि रुँदा मुटु 

दूर देशको एकल वास कति कष्ट हुने जिउन 

दुखेको मन सञ्चो लाग्छ तस्विरलाई छुँदा मुटु 

लक्ष्य लिई आएकि छु बिर्सियो नभन्नु ल 

हल्का हुन्छ मनको वह दिलको कुरा फुर्दा 

वियोगको सन्तापमा तिम्लाई सम्झि यता रुँदा 

कति बगे गाजल मेरा आँशुले मन धुँदा मुटु 

वर्षे झरी बन्यो आँखा बिदाईको कठिन पलमा  

हात हाम्रा हल्लीइरहे छुट्दा हाम्रा दुई मुटु

(गित, कविता र गजलका खात लागेकाले केहि दिन नपठाउनुहुन आग्रह छ-नेपालप्लस) 

तपाइँको प्रतिक्रिया