कसरी भित्रिए ती हतियार ?

– ददिराम सापकोटा, पेरिस

भारत, अमेरिका र बेलायतले राजाको सरकारलाई यतिबेला सैनिक र हातहतियार सहयोग रोक्का गरेका छन्। तर, यतिखेरै इटालीमा निर्मित केही हातहतियारहरु नेपाली सेनाको हातमा देखिएको तथ्य फेला परेको छ। इटालीबाट साप्ताहिक रुपमा प्रकाशित हुने लेस्प्रेस्सो पत्रिकाको फेब्रुअरी २३ अंकमा बेरता कनेक्सन शीर्षकअर्न्तर्गत इटलीमा निर्मित बेरता बन्दुकहरु मध्यपूर्व र एशियामा बिक्री गरिने गरेको उल्लेख छ। आलेखमा स्पष्ट ढङ्गले यी बन्दुक नेपाल पुगेको उल्लेख नभए पनि विद्रोहीहरुको हातमा पुगेको भनी लेखिएको छ। इटलीका यी बन्दुकहरु नेपाल पुगेको कुरा फ्रान्सबाट निस्कने यूरोपको प्रसिद्ध पत्रिका ल मोंद दैनिकको मुखपृष्ठमा नेपाली सैनिकले ब्रेता बन्दुक बोकेको तस्वीर छापिएपछि इटालीका पत्रकारहरुले यी हतियारहरु नेपाल पुगेको पत्ता लगाएका हुन्। ल मोंद मा फ्रँस्वाज सिपो नामका पत्रकारले नेपालबारे एउटा आलेख छापेका थिए फर्वरी नौ का दिन काठमाडौं डेटलाइनबाट। जतिबेला नेपालमा माओवादीहरुले बन्दको आह्वान गरेका थिए। उक्त दिनको आलेखमा एउटा तस्वीर पनि थियो- खाली सडकमा बन्दुकधारी तीन सैनिकको। त्यसमा इटालेली पत्रकारहरुले बेरता बन्दुक देखेपछि नेपालमा पनि बेरता पुगेको पत्ता पाएका हुन्।

इटालीको दोभ मासिक र दी ला रेपुब्लिक देल्ले दोने पत्रिकाकी पत्रकार पावला भालाता इटालीमा निर्मित बन्दुक नेपाल पुगेको देखेर आफू चकित भएको बताउ ूछिन्- फ्रान्सेली अखबारमा बेरताको फोटो छापिएपछि स्पष्टै छ कि हाम्रा बन्दुक पनि नेपाल पुगेछन्। कसरी, कहिले र कति पुगे भन्ने कुरा हामीले अहिलेसम्म पत्ता लगाउन सकेका छैनौं। ” यो बन्दुक नेपाल पुगिसकेको कुरामा इटालियन पत्रकारहरु किन विश्वस्त छन् भने उक्त बन्दुकबारे जिज्ञासा राख्दा बेरता कम्पनी सम्पर्कमा आउनै चाहेन। आफूले यो बारेमा जिज्ञासा राख्दा कम्पनीका अधिकारीहरु सर्म्पर्कमा नआएको बताउFदै उनले थपिन्- मैले बेरतासँग पटक-पटक सर्म्पर्क गरें, तर यो हतियार र नेपालको सम्बन्धबारे भन्नेबित्तिकै उनीहरु सम्पर्कमै आएनन् ।

लेस्प्रेसोका अनुसार अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशका खलक इटालेली नागरिक उगो गुस्साली बेरताका नामबाट यो कम्पनीको नाम पनि बेरता नै राखिएको हो। यो बन्दुक नौ बोर क्यालिबर, बेरता ३४ , बेरता ९२ लगायत विभिन्न क्षमताका शिकार खेल्नेदेखि युद्ध खेल्नेसम्मका विभिन्न थरिका पाइन्छन् । अमेरिकी राष्ट्रपति र निकटका मानिसहरुले शिकारका लागि समेत यही बन्दुक चलाउँछन्। नौ बोरको बेरतालाई प्रतिगोटा दुई सय ६३ अमेरिकी डलर अर्थात १९ हजार नेपाली पर्ने उल्लेख छ। यो कम्पनी विश्वकै सबैभन्दा पुरानो आधुनिक बन्दुक कम्पनी रहेको बताईएको छ। यसका बन्दुकहरु सन् १५१२ देखि प्रयोग हुन थालेको छ। कम्पनीका केही कर्मचारीबाट केही बन्दुकहरु हिनामिना भएपछि त्यहा ूको अदालतमा यस कम्पनीले मुद्दा खेपिरहेको छ। इराक युद्ध अगाडि पानीजहाजमार्फ् इराकमा ठूलो संख्यामा यिनै बन्दुकहरु पुर्‍याइने गरेको र युद्धपश्चात् त्यहा ूको व्यापार घटेकाले हालका मालिक पिटर बेरताले त्यहाँ नयाँ तरिकाले बन्दुक बिक्री गर्न जर्ज बुशस ूग भित्रभित्रै आग्रह गरिरहेको बताईएको छ।

रमाइलो कुरा के छ भने यो कम्पनीका मालिक अमेरिकामा १० दिन बिताउँछन्। हरेक महिना जर्ज बुशका परिवारसँगै उनी शिकारमा जान्छन्। अनि बुशका मित्रहरु मिलेर नेशनल राइफल एशोसिएसन भन्ने एक संस्था खोलेका छन्। बाहिर देखाउन यिनीहरुले आत्मसुरक्षाका लागि हतियार भन्ने नाराको लबी गर्छन् र भित्रभित्र भने हतियारको व्यापार गर्छन्। यी गुशाली बेरताले अमेरिकाको मेरिल्याण्डमा पनि यही हतियार कारखाना खोलेका छन्, जसले अमेरिकी प्रान्तीय प्रहरीलाई हतियार आपूर्ति गर्छ, फ्रान्सेली प्रहरी र स्पेनका सिभिल गार्डहरुलाई पनि उपलब्ध गराउँछ।

साभार: जन आस्था साप्ताहिक, चैत्र १६, २०६२ (२९ मार्च २००६)

तपाइँको प्रतिक्रिया