तपाइको एक क्लिकले वालवालिकालाई शिक्षा

तपाईलाइ सम्झना होला यी युवकले गत सालपनि कोसिस गरेका थिए अमेरिकाको टेक्सस विश्व बिद्यालयमा सोसियल इनोभेसन ग्रान्ट भनिने सहयोगको लागि । त्यसको लागि भोटिङ हुन्छ । हामीले जितायौं ५० हजार अमेरिकी डलर त्यो स्कूलले पाउँछ । उनले जितेर त्यो रकम ले गाडी चढ्ने  होइन । नत आफ्नै भवन ठ्ड्याउने हो ।

उनले त्यो रकम बाट गोरखाको बिकट ठाउँका द्वन्द पिडीत वालवालिकालाई पढाउन खर्च गर्ने हुन् । उनले त्यहाँ स्कूलनै बनाइसकेका छन् । त्यो भनेको धेरै वालवालिकाले शिक्षा पाउँछन् । त्योपनि द्वन्दको मारमा परेका । नभुल्नुस-तपाईले अरु केहि दिनु पर्दैन, जम्मा एक दुइ मिनेट लगाएर एक क्लिक गरिदिए नेपालका धेरै युद्द प्रभावित वालवालिकाले शिक्षाको अवशर पाउँछन्। ५० हजार अमेरिकी डलर हाम्रो देश भित्रिन्छ ।

त्यसको लागि सरस्वती शान्ति स्कूलको नाममा भोट हाल्नुपर्छ । त्यो भोट दिन यहाँ क्लिक गर्नुहोस । कुनै कठिनाई भए   यो लिंक(http://www.dellsocialinnovationcompetition.com/ideaView?id=08780000000DccCAAS)  कपी एण्ड पेस्ट गरेरपनि भोट दिन सकिन्छ । तपाइले जति पटक पनि दिन मिल्छ भोट । तर हरेक पटक भोट दिँदा लग इन गर्नुपर्छ ।

यो खबर वा लिंक आफ्नो फेस बुकमा राखेर, वेभ साईटमा लेखेर वा ब्यक्तिगत रुपमा मेलबाट साथीभाई र आफ्ना सम्पर्कलाई खबर गरेरपनि भोट दिन लगाउन सकिन्छ । आखिर हामीले एक क्लिक गरेकै भरमा एउटा स्कूलले त्यत्रो सहयोग पाउँछ र एक नेपाली बिद्यार्थीले उच्च शिक्षा लिन पाउँछन् भने किन नगर्ने होइन त ?

उनले आफ्नो गोरखा जिल्लाका युद्द प्रभावित वालवालिकालाई पढाउन एउटा फाउन्डेसन पनि चलाईरहेका । केहि वालवालिका उनैको सहयोग र तत्परतामा अध्ययन गरिरहेका । नेपालमा अहिलेपनि उनी बिभिन्न स्वदेशी र बिदेशीको सहयोगमा पहिलो शान्ति बिद्यालय निर्माणमा जुटेका रहेछन् ।

तपाइँको प्रतिक्रिया