प्रधानमन्त्री सितै माओवादी सशंकित

भारतीय संस्थापन पक्षकै अखबारहरूले प्रधानमन्त्री निर्वाचनमा भारतीय नीति असफल भएको उल्लेख गरे । त्यसैले देखाउँछ- प्रधानमन्त्रीको निर्वाचनमा भारतीय चलखेल थियो । भारतीय विदेश सचिव निरुपमा राव नेपाल आएर मधेशी दलहरुले सरकारको नेत्रित्व गर्नुपर्ने भन्दै उचालिन्, अरू दलसित गन गन गरिन् । माओवादीहरुलाई सरकारमा लानै हुन्न भनेर अर्थ्याइन् । हाम्रा नेता न हुन् चुपचाप बसे । प्रधानमन्त्री निर्वाचनमा भित्र भित्र के के खेल भए सतहमा सबै देखिने कुरो भएन ।

त्यसैले माओवादीहरु भारत देखि सशंकित थिए- कतै झलनाथ सितको सहमति थाह पाएर भाँड्छन् कि । त्यसैले रातारात सबैका अनुमान, अड्कल र आशा लाई जिल्ल्याउँदै भिन्न खाले सहमति गरे । अन्ततः आफ्नो देशको प्रधानमन्त्री चुन्न हाम्रै नेता र हाम्रै दल सक्षम भए । त्यसले भारतीय चलखेल, एक खाले दबाब र भारतीय स्वार्थलाई निशेष गरेको हो नै । त्यसलाई प्रधानमन्त्री निर्वाचनको अन्तिम घडीमा एक्कासि प्रकट गरेर देखाए । भनियो- भारत जिल्लियो । तर के गर्नु ? कहिलेसम्म जिल्लिने रहेछ र भारत ?

अहिले मन्त्री पदको भागबन्डा गर्दापनि भारतले चलखेल गर्‍यो भनिरहेका छन् । माओवादीलाई खनालले ग्रिह मन्त्री, परराष्ट्र लगायत के के महत्वपूर्ण मन्त्रालय दिने बाचा गरेका थिए । प्रधानमन्त्री निर्वाचनमा जिल्लिएको भनिएको भारत सधैँ के जिल्लिन्थ्यो । ग्रिहमन्त्री माओवादीलाई नदिने भनेर किचलो शुरु गरिहाले । यसलाई माओवादीले भारतीय चलखेल भनिरहेको छ । यहाँ कुन मन्त्रालय कसले पाउने भन्दापनि गरेको सहमति उल्लंघनको थियो ।

प्रचण्डले हाकै भने- भारतले यो गठबन्धन भत्काउन जे पनि गर्छ । जसरिपनि उचाल्छ । एमाले स्थायी समितिको बैठकमै भाँजो हाल्छ माओवादी र एमालेबिचको सात बुँदे सहमतिलाई तोड्न । उनले अब सहमति पालना नभए सडकमा उत्रिने सम्म चेतावनी दिइसके ।

प्रधानमन्त्री झलनाथ खनालबाट माओवादी थप सशंकित किनपनि छ भने सेना प्रमुख कटुवाललाई बर्खास्त गर्न प्रचण्डको पक्षमा लागेका थिए उनी । हटाउनु पर्छ भन्दै उचाले उनले पहिले । पछि प्रचण्डलाई ‘धोका’ दिए । अहिले माओवादीलेनै बनाएको हो उनलाई प्रधानमन्त्री । दुबै नेता बसेर सहमति पनि गरे । त्यसलाई पालना गर्ने भने । नाथे मन्त्री पद बाँडफाँडमै झलनाथ अडिग हुन सकेनन् । ग्रिहमन्त्री माओवादीलाई दिने भन्दा भन्दै एमालेले आफ्नै नेताको नाम अघि सार्‍यो ।

माओवादीहरु अब एमालेले यसैगरी अरू सहमतिपनि पालना गर्दैनन् । पार्टीको बैठकमा अनेक अनेक निर्णय गराउँछन् सात बुँदे सहमति विपरीत । यतिखेर आफैँले गोप्य कोठामा सहमति गरेका, आफैँले प्रधानमन्त्री बनाएका प्रचण्ड सबैभन्दा बढि सशंकित छन् झलनाथ खनालसित । भारतीय दबाब, चाख र दबाब विरुद्ध आफ्नै स्वतन्त्र ढंगले सरकार चलाएर भारतीयलाई पाठ सिकाउन चाहेका उनी पहिलो शर्तमै खनालले खुट्टि कमाएपछि सशंकित बनेका हुन् । कतै यो सरकार माधव नेपाल भन्दापनि अझ भारतमुखि बन्छ कि ! झलनाथ खनालले अझ बढि खुट्टो कमाउँछन् कि भनेर प्रचण्ड सशंकित बनेको बताइन्छ ।

माओवादी लडाकूहरूको छुट्टै सुरक्षा बल बनाउने विषय माओवादीको सर्वाधिक चासो होला । एउटा मन्त्री पदकैलागि पनि भएको सहमती कायम गर्न नसकेपछि माओवादी लडाकूको सुरक्षा बल बनाउने सहमतिमा झन् झलनाथ अडिग नरहलान् भन्दै माओवादी थप सशंकित बनेका छन् ।

तपाइँको प्रतिक्रिया