लौ फाप्यो झल्लुलाई झाप्पड

अपडेट- माओवादीको समर्थनमा उनी आज प्रधानमन्त्री चुनिएका छन् ।

सुनसरीका देवी प्रसाद रेग्मीको झापड काण्ड फेरी चर्चामा छ । झलनाथ ले झाप्पड खाएपछि केही सेलाउन आँटेको झापड काण्ड झलनाथ खनाल (झल्लुराम) नयाँ प्रधानमन्त्री हुने निश्चित प्राय भएपछि देवी रेग्मीको झापड ले फेरी चर्चा पाएको हो ।

प्रधानमन्त्री नामको हड्डीमा चार दलका चार शिकारीले लडाभाँती मच्चाएका थिए । तर जित कसैको नहुने भो सग्लै खान । अनि माओवादीले खाएपनि नजिकैकोले खाओस न, ओली मार्कालाई पनि चख्याउन पाइयोस् भनेर झल्लुलाई भोट दिने निर्णय गर्‍यो । माओवादीले त्यत्रा भोट सोरेर झल्लुका थुन्सेमा हाल्दिने निर्णय गरेपछि चर्चा पार्टीमा झल्लुलाई मत दिन टुप्पी कस्ने प्रचण्डको पो हुनु पर्थ्यो । तर चर्चा चलेको छ- रेग्मीको झापड ।

देश र जनतालाई वास्तै नगरि आफ्नो दुनो सोझ्याएको, राष्ट्र लाई बन्धक बनाएको भन्दै झापड हान्ने शिव प्रसाद रेग्मीको झापड फापेछ झल्लुलाई भन्दै चर्चा चलेको हो । आजै प्रचण्डले निर्वाचनका क्रममा संसद भवन भित्र “यदि आज पनि हामीले प्रधानमन्त्री चुन्न सकेनौं भने पहिले त झापड खाए, अब त झन् जुत्ता चप्पललेनै हिर्काउँछन् जनताले” भनेपछि रेग्मीको झापडले चर्चा पाएको हो ।

तपाइँको प्रतिक्रिया