तिमी आउनेछौ एक दिन
-रञ्जुमार्ग
मलाई थाहा छ,
तिमी त्यो बादलभित्र
लुकेर बसेका छौ,
म निरास बनेको छैन
तिमीलाई बादलले छोपेकोमा,
म एकटक लगाएर
तिम्रो आगमनको प्रतिक्षामा छु,
तिमी पक्कै आउने छौ एकदिन
किनभने,
घाम अझै चम्किरहेछ,
पृथिबी अझै घुमिरहेछ,
त्यो बलिरहेको घामलाई छेक्ने बादल
कहिले सेतो हुन्छ,
कहिले कालो हुन्छ,
कहिले डरलाग्दो हुन्छ,
हो, त्यही बादल फाटेपछि
पानी बर्सिन्छ !!!




