प्रतिस्पर्धा आफ्नै पती पत्नीबिच

deusi_in_paris-1_178.jpg

स्वदेशमा प्राय: पती पत्नी सँगै नाच गाउने कम हुन्छ । शहर बजारमा यदाकदा देखिएला तर गाउँमा पतीका अगाडि नाच्नु भनेको डर, संकोच र लाजको विषय हो । नेपालमै भइरहेको भए सासू ससुरा, नन्द जेठाजु, भाउजु र तिपनि नभए गाउँलेको डर मान्नु पर्थ्यो । यहाँ ति सबैको मतलब हुने कुरै भएन । कि त कलकारनै हुनु पर्‍यो । तर बिदेशमा भएर होला कतिपय जोडीले त प्रतिस्पर्धा नै गरेको देखिन्छ नेपालीहरुमापनि । अन्यत्र मलाई थाह छैन तर पेरिसमा बसेका केहि नेपालीहरुमा यस्तो बाक्लै देखिन्छ । आफ्नी श्रीमती सँगै नाच्न खुब स्वाद लाग्ने रहे छ क्यार ! तर नाचमा उत्रिसकेपछि त प्रतिष्पर्धाको भावना सायद सबैमा हुने रहेछ कि के हो ?! न्रित्य देखाउने क्रममा सँगसँगै उत्रिएका जोडी कसको भन्दा कुनको राम्रो भनेझैं गरेर उत्रिएका देखिए । यो पहिलो जोडी हो पेरिसस्थित श्रीगणेश रेस्टुरेन्टका साहुजी घनश्याम पौडेल दाईको । दाई त भिषण नाच्नेनै रहेछन । भाउजुको नाचपनि कम रहेनछ । गित गाउनपनि यो जोडी उस्तै । यि दुई जोडीको नाचमा खुब प्रतिस्पर्धा देखियो ।
deusi_in_paris-1_389.jpg

तिनै नाचेको देखेर होला । थमन टण्डन र निशाका जोडीपनि उत्रिए मैदानमा । थमन नाच्दै थिए उनैकि पत्नी थपिईन । खुब फनफनी घुमे टण्डन । अनि उनकि पत्नीले भनिन-के हो टण्डन सर को नाच त खुब गयो नी ! टण्डनजीले म तिर फर्केर भने” अघि लगाइएको छ नी त अलि अलि है न दाई ? अनि किन नजाओस त” । उनको भनाई केहि बेर अघि चुस्काएको दुई गिलास वाईनतिर थियो । 
 
deusi_in_paris-1_447.jpg

उर्मिला अधिकारी पो किन कम ? लौ क्रिष्णजी नाचौंपो भन्न थालिन पतीलाई । मादल घन्काईरहेका क्रिष्णजी मादल बजाउँदै नाच्न थाले । मादलसँग नाच्दा सकिएन पत्नीसित भन्ने लागेछ क्यार मादल थान्को लगाएर उत्रिए । उभिएर नाचुनजेल त ठिकै थियो । तर उनले बसेर नाच्न थालेपछि भने प्रतिस्पर्धामा उनी अगाडि देखिए । बसेर नाच्न कठिन हुने रहेछ क्यार ।
deusi_in_paris-1_197.jpg

अरुका जोडी नाचेको देखेपछि खपि नसक्नै भएछ कि ! नवलपरासीका पूर्व शिक्षक हरी सापकोटा र मिनादिदीको जोडीपनि निस्किए हात हलाउँदै हल्लाउँदै । हरी सर खुब नाचे। बेलाबेलामा पुलुक्क पुलुक्क हेर्थे पत्नीको नाचसँग तुलना गर्न होला ।

deusi_in_paris-1_253.jpg

अरुका पती पत्नी नाचेको देखेपछि कार्यवाहक राजदूत पत्नीपनि गईन पतीलाई तान्न । अरुका जोडी नाचेको देखेपछि उनलाईपनि नाचौं नाचौं लाग्नु अस्वभाविक भएन । तर राजदूत त असाध्यै लज्जालु पो रहेछन । नाचेको नाममा उनले हात पनि नउचाली एकदुई पटक घुमेर बाटो लागे । नाच्न कर गरिरहेकि पत्नीलाई बरु के जवाफ दिए कुन्नी उनकि पत्नी मुर्छा परेर हाँस्दै थिईन ।
अचम्म के भने यस्तो लाज मान्नेका दुबै छोरीहरु भिषण नाच्ने रहेछन । अनि पत्नीपनि उत्तिकै बेजोडले नाच्ने ।

nepali-community-in-france.jpg

त्यसरि नाच्न रुचाउने जोडी रबीन शर्मा ओली र सपनाकोपनि हो । सपना त हत्तपत्त नाचेरै थाक्दिनन भनिन्छ । बरु उनको नाच उति धेरै हेर्न पाएका छैनन नेपालीले । यो जोडीको तस्बिरपनि निकै पहिले खिचिएको हो ।

तपाइँको प्रतिक्रिया