पाए हुन्थ्यो
हरिहर अर्याल, पेरिस
परेवाको जिन्दगानी बाँच्न पाए हुन्थ्यो
शान्तिसँग आफनै गुँडमा हाँस्न पाए हुन्थ्यो
चारा खोज्न आफ्नै गाउँ डुल्न पाए हुन्थ्यो
आफनै भाका माक् माक् घुर् घुरन पाए हुन्थ्यो ।।
प्रियसी भइ बचरालाई पाल्न पाए हुन्थ्यो
अपहण झै झगडा फाल्न पाए हुन्थ्यो
अगेनामा सधैं आगो बाल्न पाए हुन्थ्यो
घरि घरि बढ्ने रोग ढाल्न पाए हुन्थ्यो ।।
आकाशमा स्वच्छ कावा मार्न पाए हुन्थ्यो
बिष जस्तो पानी–हावा खार्न पाए हुन्थ्यो
प्रदुषित मुटु–फोक्सो फेर्न पाए हुन्थ्यो
बुद्धजीको दुई आँखाले हेर्न पाए हुन्थ्यो ।।
पानी भित्र बिजुली छ बाल्न पाए हुन्थ्यो
पन्धेर्निको झै झगडा छल्न पाए हुन्थ्यो
छताछुल्ल हिउको पानी प्युन पाए हुन्थ्यो
काकाकुले तिर्खा मेटी ज्यून पाए हुन्थ्यो ।।
कुबेतको भेँडी गोठ सर्न पाए हुन्थ्यो
स्वदेशको हिमालमा झर्न पाए हुन्थ्यो
स्व्देशैमा एउटा काम गर्न पाए हुन्थ्यो
भाले पोथी एकै ठाउँ मर्न पाए हुन्थ्यो ।।
(मलाई थुप्रै कविता प्राप्त भएका छन । ति मध्ये अनुकूल प्रकाशजीको, बिद्दाको, सागरिकाको, विष्णु वाग्लेको, प्रदीप स्रीको, सुभास चन्द्र देवकोटाको कविता प्रकाशित हुन्छन। प्रसंग पुरानो नहुने भए । तर केहि समय लाग्छ । त्यसैले अन्यत्र प्रयोग नगर्नुहुन अनुरोध छ-नेपालप्लस) ।