पेरिसमा ल्होसार : सोल्टिनीको माया प्रीती खास्टोमा लुकाएर

यो अन्नपूर्ण काखमा
यो गुराँस फूल्ने पाखामा
यो माछापूच्छ्रे काखमा
यो यौवन तिम्रो माझमा…….स्वागतम !!

हिजो तमु समाज पेरिसले आयोजना गरेको पहिलो ल्होसार कार्यक्रमको स्वागत गीतनै असाध्यै मन छुने खालको थियो ।

अघिल्लो पंक्तिमा राजु गुरुङ हुन्। बाँकीलाई ठम्म्याउनै मुस्किल भो । सबैको नाम थाह छैन । फोटो हेर्दै जिल्ल परौं । रिसाउनी माफ होला है ! 

दाहिने पट्टी नाच्ने महिलालाई चिन्न सकिन । नत्र यहाँ नारायण गुरुङ,लक्ष्मण गुरुङ, पुष्प गुरुङ (अनिता दिदी), मोहन गुरुङ लगायतका छन् ।

कता हो ? यो रोटी दिने सोल्टीनीको कोहि विशेष छ की के हो ? सेल रोटी एकदम कमला तात्ताता थिए । चट्ट परेको अचार ! साँच्चै गामठामकै ल्होसारमा झैं  । 

थालमा चट्ट राखेर ल्याइँदा पो मज्जा । यो तयार गर्नुको कथा अर्कै हुन्छ । बाहिर रमझन हुँदा सबै भन्दा नमजा भित्र खाना बनाउनेले नजर लगाउन पाउँदैनन् । बेमोज नै त्यहि । नेपाली र भारतीय खाना बनाउन पेरिसमै कहलिएका रामजी गुरुङ (प्रेम दाई) को निर्देशनमा बनेको खाना मिठो थियो !

एक फ्रान्सेली जोडीपनि थिए । असाध्यै रमाए । महिला चाहिँ ‘यो रोटी साह्रै मिठो हुन्छ नाम के रे के रे ?’ भन्दै थिईन् । फ्रान्सेलीले उचालेको सेल रोटीको दुल्कोबाट एक महिला भने खोइ के चिहाउँदै थि इन् ।

राम्रो न्रित्य देखाइन यीनलेपनि । तर नाम थाह भएन । क्षमानै माग्नुपर्ने भो नी ! फोटो हेरर खुशि हुनुपर्‍यो। उद्घोषण गर्ने बहिनी सुनाउँदै थिइन्- रोदी घरमाजम्मा भएको बेला आफन्त, घरका परिवारहुन्छन् रे । अनि ओडेको खास्तोले छोपेर कर्के आँखा लगाउँदै माया प्रिती गाँस्ने रे । एउटा गीतको बोल चाहिँ त्यस्तै रहेछ ।

के छोड्थे राजदूतलाइ’नी ! खानापछि सामूहिक नाच हुँदा राजदूत दम्पती मोहन क्रिष्ण श्रेष्ठ र सजना श्रेष्ठलाईपनि छोडेनन् । दम्पत्तीनै गज्जब नाच्ने रहेछन् । फेरी फेरीका नेपाली कार्यक्रममा त तानेर हैरान पार्ने भए ल !

देब्रेतिरका राजु गुरुङ । महिलाको नाम थाह भएन । गज्जब थियो यो जोडीको न्रित्यपनि !

बेजोडै थियो है यो जोडीको नाचपनि । चिनजान हो तर नाम अहिलेसम्म सोधिएनछ थक्क !

कान्छा कान्छीको जोडतोड । पुष्पा गुरुङ (अनिता दिदी) र देवीजंग गुरुङ (माइला भेना) को जोडेले उदुमै गरे गाँठे कान्छी हे कान्छी गीतमा नाचेर । जति ताली जान्थ्यो उति मर्किने यार भेना त ! दिदीपनि के कम, हात यस्सो मर्काईदिँदा त भेना बुरुक्क बुरुक्क ! साह्रै ताली पायो है यी जोडीको नाचले । मुर्छा पारे हँसाएर !

माथिल्लो तस्विरमा देब्रेतिर नाच्ने महिला पूजा गुरुङ । बाँकी सोल्टी सोल्टिनीको नाम सोध्दै गरौंला । अहिले फोटो हेरेर दंग पर्दै गरौं ।

भर्खरकी फुच्ची आदिती हमालको नाच । संगित त आफूले’नी बुझिएन त्यो र्‍याप झ्याप, र्‍याम, हा हुस्स्स्स्स्स्स्स्स् खालको थियो । तर गज्जब नाचिन् कुनैपनि संकोच, दकस नमानी । एकदम उन्मुक्त तरिकाले । गीतपनि कस्तो हो गाँठे ! नौनी नौनी नौनी !!!! 

सहभागीपनि निकै थिए । पछिल्लो पंक्तिमा चाहि युवाहरु थिए जो ह हु गरेर हात उचाल्दै कराउँथे, ताली पिट्थे ।

तपाइँको प्रतिक्रिया