फ्रान्सेली नेतासँगै पेरिसमा नेपालीको देउसी भैलो

हुनत देउसी र भैलो खेल्ने बेला गयो नेपालमा । तर फ्रान्समा भने बल्ल मच्चिरहेको छ । नेपाली पर्वका दिन यहाँ नेपालीले छुट्टी पाउँदैनन । अनि आफ्नो अनुकूल पारेर मनाउने गर्छन बिदेशमा नेपालीहरु ।

 

 

फ्रान्समा त्यहि भएर अहिलेसम्म देउसी भैलो जमिरहेको छ । आफ्नो संस्क्रिति, संस्कार, रितिथिती र चलनलाई संरक्षण गरेर मनोरञ्जन गर्ने काम भएकै छ । बिदेशीका माझ चिनाउने मेसो र अवसरपनि बनेका छन हाम्रा पर्व । त्यसरि अग्रसरता लिने काम गरिरहेको छ प्रवासी नेपालीहरुको संस्था एनआरएनको फ्रान्स शाखाले । अहिले  एनआरएन फ्रान्सको नेत्रित्वमा पेरिस र यसका आसपासमा देउसी भैलो चलिरहेको छ ।

 

deusi-bhailo-in-paris-3-pg.jpg

म भर्खरै स्वदेशमा साना केटाकेटीहरुसित देउसी भैलो खेलेर आएको मान्छे यहाँ आएरपनि खेल्दै छु । हिजो पेरिस नजिकको सेनेमार जिल्लाको ख्रेजीलेमो भन्ने नगरपालीका भवनमै खेलियो देउसी र भैलो ।

 

nepali-community-in-paris-2.jpg

आफु सत्तामा हुँदा नेपालका मठमन्दिर र चैत्य संरक्षण तथा पनौती र गोरखामा बिद्दालय स्थापना लगायतका विकास निर्माणको काममा सहयोग पुर्‍याएका थिए फ्रान्सेली पूर्व सांसद रोबर्ट ल फलले । (फोटोमा सबै भन्दा देब्रेबाट पहिलो फ्रान्सकालागि नेपाली कार्यवाहक राजदूत जिवनप्रेम श्रेष्ठ, दोस्रो रबर्ट ल फल, तेस्रो ख्रेजी लेमो नगरपालीकाका नगर प्रमुख, चौथो उनैकी पत्नी र सबैभन्दा दायाँ ल फल पत्नी) ।

  

नगर प्रमुख खुब रसिला र हँसिला रहेछन । नाच्न तम्सेका उनले एकै छिनमा नेपाली नाचको झण्डै सिकिहाले । हिजो उनैको नगरपालीकाका मेयरलगायतका ब्यक्तिसँग मिलेर खेलियो देउसी र भैलो । नगरपालीका पेरिसबाट ५० किमी जति टाढा पर्छ ।

सबका सबले गाए, नाचे, रमाइलो गरे। फ्रान्सेली यि नानीपनि आएर झाक्कलझुक्कल गरिन ।

nepali-singers-in-france-1.jpg

देउसी भैलोमा गाउन राजेन्द्र लम्साल (देब्रेबाट पहिलो) जस्ता राष्ट्रिय कलाकारनै भएपछि के को दुख ? भट्याउने थिए अनुराधा पौडेल र हरि सापकोटा । गितकोपनि के दुख ? राजेन्द्र लम्सालसँगै बेला बेलामा जम्यो गितका पारखी राजेन्द्र घिमिरेको (दाहिनेबाट पहिलो)  को गित । र बिचमा टिङ टिन पार्दै बजाउने संगित बोकेका गोबिन्द हमाल। 

deusi-in-paris-nepalplus-1.jpg

नाच्न त तँछाड मछाडनै हुने भयो । श्री गणेश रेस्टुरेन्ट मालीक घनश्याम पौडेल दाई रहेछन पहिलेका जिल्ला मै नाम कमाएका न्रित्यमा । ओ हो हो !!! उनको नाच क्या जोडको । उनको नाच हेरेर धितै नमर्ने । पात नचाएझै पार्ने रहेछन दाईले शरिरर त । मेयर र पूर्व सांसद ल फल लगायत फ्रान्सेली केटीहरुलेसमेत मुस्कुराउँदै हेरे।

 

नाचगान कहिले देउसी भट्टाउँदै त कहिले बिच बिचमा गित गाउँदै भयो । मादलमा साथ दिए चितवनका साथी क्रिष्ण अधिकारी (बायाँ) र थमन टण्डन (बिचमा) ले । मादल फुटाउँला झैं घन्कियो ।   कार्यक्रम शुरु हुनु भन्दा अगाडि हरिहर बुवा (अर्याल) ले संबोधन गरेर स्वागत गर्नु भयो सबैलाई । कार्यक्रम जमेको देखेर मख्ख परेका एनआरएन फ्रान्सका अध्यक्ष अशोक न्याउपाने दाईले मुस्काउँदै धन्यावाद मात्रै बाँडेनन नेपाली संस्क्रिति र संस्कार बचाउन र बिदेशमा प्रचार प्रसार गराउन यो कार्यक्रम गरेको भनाई राखे।

 

la-communaute-nepalaise-a-paris-1.jpg

भर्खरै कार्यवाहक राजदूत भएर आएका नेपाली दूतावासका जिवनप्रेम श्रेष्ठकी छोरी जैनु श्रेष्ठको “गैरी खेतको शिरै हान्यो” बोलको गितमा न्रित्यले सबैलाई चकित पार्‍यो । उनी पेशागत न्रित्यांगनानै बनिसकेकि रहिछिन । उनले आफ्नै भाकामा गितको एक सिडी नै निकालिसकेकि रहिछिन । उनकि आमापनि उस्तै बेजोड नाचेर देखाईन ।

 

deusi-bhailo-in-paris-2.jpg

अर्कि वालिका निकिता उपाध्यय पो के कम ? उनलेपनि “यो मेरो प्राण भन्दा प्यारो माईतीघर” गितमा गज्जबको न्रित्य देखाएर सबैलाई खुशि पारिन ।
 

nepalis-living-in-paris-1.jpg

केहिबेरको नाचगानपछि लागियो राती अँध्यारोमै हरिहर अर्याल बुवा र निर्मलको घरतिर । (अघिल्लो पंतिमा बायाँ गितकार राजेन्द्र लम्साल र दायाँ अशोक न्यौपाने)

 

aryal-family-in-living-in-paris-1.jpg

त्यहाँ त झन यति जम्यो गित, नाच अनि देउसी र भैलो कि अचम्मै भयो ।

(देउसीलाई नाङ्लो ट्क्र्याउने सुरसारमा ज्योती अर्याल र पेरिस घुम्न आएका उनैका बाबा पूर्व न्यायधिश )

 

निकैबेर केटा पक्ष र केटी पक्ष भएर दोहोरी खेलियो ।

 

deusi-in-paris-2.jpg

वालिका भनेर के गर्नु ? यि दुई (दायाँ फ्लोरँस मल्ल) र बायाँ अस्मिता अधिकारीले थरी थरीका गितमा लगातार नाचेर आश्चर्यनै बनाए । थकाईपनि लाग्यो । अनि त्यहिँ खाना खाईयो र फर्कियौं हामी चार पाँच जना। बाँकि तिस पैतिस जना त त्यहिँ रातभरि गित गाउने, नाच्ने गाउने भनेर बसे।

 

 

(साथीहरु आज फेरि देउसी भैलो खेल्ने योजना छ । तस्बिर धेरै छन । आजको देउसी भैलो पछि हिजो र आजका सबै तस्बिर मिलाएर नेटमा रखिदिनेछु । नेपालप्लस हेर्दै गर्नुस है त ? अनि तपाईहरुलाई कस्तो लाग्छ यस्तो कार्यक्रम प्रतिक्रियापनि छोडिदिए मजै हुन्थ्यो नी !)

तपाइँको प्रतिक्रिया