चोट

-सूर्य प्रसाद न्यौपाने “सिकारु”
 
 
surya-prasad-nyaupane.jpg

चोट सारा भएपनि बाहिर हाँसो हाँसेकै छु
 
तिमिले साथ छोडेपनि जिवनमा बाँचेकै छु
 
तिम्रो त्यो स्वार्थलाई जिउने हतियार बनाएर
 
रोदनका पिँडा सबै मुस्कानमै राखेको छु
 
तिम्रा बाचा कसमहरु समुन्द्रको छाल सम्झी
 
पबित्र ति गंगा जलले मन सफा पारेको छु
 
बसन्तको कोकिल जस्तै ऋतुफेरि आएपनि
 
समय को खेल सम्झी मनको बाँध सारेको छु
 
बाचा सँगै साटिएका जिन्दगिका कसमहरु
 
यौबनको भुल सम्झी देउतालाई भाकेको छु
 
मन मुटुमा लेखिएको त्यो उपेक्षित रुपलाई
 
दोबाटोको साथी सम्झी मुटु बाहिर राखेको छु
 
तिमीले साथ छोडेपनि जिवनमा बाँचेकै छु
 
चोट सारा भएपनि बाहिर हाँसो हाँसेकै छु
 
अर्बेनि८, गुल्मी
हाल- रियाद

तपाइँको प्रतिक्रिया