दोष

-थापा राजबरसिंह / क्यानडा

आँसु पुछ्न सक्ने भए हाँसो पनि दिन्थें होला

गुम्सिएका तिम्रा सबै पिडा मैले लिन्थें होला

मुठ्ठी पारी तड्पी तड्पी एक्लै किन रुन्थें होला

चोट व्यथा पिडा सबै उधारोमै किन्थें होला

°°°°°°°°°°°°°°°°°°°°°°°° 

मजेत्रोको गाँठो भित्र तिम्ले मीठो पोको पारे जस्तै

लुकी छुपी कठै बरा आमा लाई नै ढाँटे जस्तै

बतासेको चौतारीमा हामी दिनै भेटे जस्तै

चिप्ले ढुंगो साछी राखी हाम्ले माया साटे जस्तै

°°°°°°°°°°°°°°°°°°°°°°°°

अब कसले पो होइन भन्छ तिमीले बोले पछि

मत हेर यस्तै भएँ त्यस्तै भएँ उराठ बगर जस्तै

साउनको भेल नआइ नभिज्ने सधैँ सस्तै यस्तै 

कुनै ठेगान टुङ्गो छैन थन्किएको बाजा जस्तै

तपाइँको प्रतिक्रिया