पारस अपराधीनै : ग्रिहमन्त्री
चितवनको जंगलमा जाँड खाएर परराष्ट्र मन्त्री सुजात कोइरालाका ज्वाईमाथि हवाइ फायर गरेपछि पक्राउ परेका पूर्व राजकुमार पारस शाह यतिखेर चितवनको प्रहरी समक्ष छन् । उनको यस घटनामा उनलाई कस्तो करवाही गर्न मिल्छ् त भनेर अनेक अड्कल, बहस र तर्क बितर्क चलेका छन् । कतिपयले दुई जना जँड्याहाले जाँड खाएर झगडा गरे । एउटा सित हतियार थियो अर्कोसित थिएन । हुनेले नहुनेलाई देखायो के कारवाही भन्ने तर्कपनि गरिरहेका छन् । तर देशका ग्रिहमन्त्रीले भने पारसमाथी कारवाही भएरै छाड्ने संकेत दिएका छन् ।
हिजो मंगलबार सरकार सञ्चालक दल नेकपा एमालेको केन्द्रिय कमिटीको बैठ्क बसेको थियो पार्टी कार्यालय बल्खुमा । त्यहाँ माओवादीले डाकेको विशेष अधिवेशन, देशको शान्ति सुरक्षा, सरकार सञ्चालनमा पार्टी भूमिका आदि बिभिन्न विषयमा छलफल भएको थियो । त्यो छ्लफलमा पारस प्रकरणबारेपनि ग्रिहमन्त्री भिम रावलले रिपोर्टिङ गरेका थिए । आजको जनआस्था साप्ताहिकका अनुसार रावलले छानबिन गर्दा पारस शाहले अपराध गरेकै हो की भन्ने देखिएको बताएर पारसमाथि कारवाहिको संकेत दिएका छन् ।
परराष्ट्र मन्त्री सुजाताका ज्वाइँ रुबेल चौधरीले आफूमाथी ज्यान मार्ने उद्देश्यलेनै पारसले आक्रमण प्रयास गरेको बताएपनि उनीमाथि ज्यान मार्ने उद्योग वा हातहतियार खजानामा मुद्दा लगाएर भने कारबाही नगरिने भएको छ । उनीमाथी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउन लागिएको छ ।




