ज्योतिषका कुरा
-अजु उपाध्याय
ज्योतिषले त भन्थ्यो कमाउँछस् भनेर,
जिवनमा एक दिन रमाउँछस् भनेर ।
++++++++++++++++
मान्छेले सधैँभरि रुनु मात्रै पर्दैन,
तँ पनि खुसिले कराउँछस् भनेर ।
++++++++++++++++
बिहे भलै कुनै एउटि सँग होला तर,
मन चाहिँ थुप्रैलाइ पराउँछस् भनेर ।
++++++++++++++++
गल्तिहरु गरेपनि पापी चैँ नहोलास्,
दैब देखि तँ पनि डराउँछस् भनेर ।





