फ्रान्समा देउसी भैलो

 

पेरिस, फ्रान्स,१२ कात्तिक २०६५  

         

एनआरएनए फ्रान्सको आकस्मिक तथा आपतकालिन कोषकालागि रकम सँकलन गर्ने उदेश्यले पेरिसमा देउसी भैलो कार्यक्रम शुरु भैरहेको छ । गएको शुक्रवार देखि शुरु भएको यो कार्यक्रम हरेका साताका शुक्रबार बेलुका, शनिबार र आइतबार छुट्टीका दिन सँचालन भएको छ । कार्यक्रम अझ तिन सातासम्म जारी रहने छ । पेरिस स्थित नेपाली रेष्टुरेन्ट, दुतावास तथा पेरिस आसपासका केहि नगरपालिका र नेपालीहरुका घरदैलामा पुगी देउसी भैलो खेलिने गरिएको एनआरएनए फ्रान्सका आकस्मिक कोष उपसिमती प्रमुख हरि शापकोटाले बताउनुभयो ।  

 

tihar-in-paris-2.jpg

कार्यक्रममा जो सुकै नेपाली स्वेच्छाले सहभागि बन्न सक्ने भन्दै उहाँले पेरिसममा परिक्षणकालागि यो बर्ष देखि देउसी खेल्न शुरु गरिएको बताउनुभयो ।  

 

tihar-in-paris-3.jpg

नेपाली रेष्टुरेन्टहरुमा आयोजना भैरहेको देउसी कार्यक्रममा खाना खान आउने बिदेशीहरु समेत छमछम नाच्ने गरेका छन् । कार्यक्रमबाट प्रभावित उनीहरुले आ आफ्नो गच्छे अनुसार टोलीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । देउसी सहित कार्यक्रममा लोक गित, चुट्का तथा भजनको भाकामा बिभिन्न गित गाउने तथा नाच्ने गरिएको छ ।  

 

tihar-in-paris-4.jpg

देउसी खेल्न टोलिमा इच्छुक जो कोहि नेपाली सहभागि भैरहेका छन् भने अहिलेसम्म अधिकाँश यूवाहरु गण्डकी अञ्चलका छन् । लोकगीतको खानी गण्डकी अञ्चलका यि यूवाहरुले यतिबेला पेरिसका रातहरु छर्लग पार्न थालेका छन् । गत शनिवार राती पेरिस नजिकैको लाकुर्नभ भन्ने शहरमा यि यूवाहरुले रात छर्लँगै पारेका थिए । जहाँ ६ नेपाली परिवारका बिच सयूक्त भैलो खेलिएको थियो ।  

 

tihar-in-paris-5.jpg

आउँदो शुक्रबार बेलुका नेपाली दुताबास पेरिसमा भव्य देउसी कार्यक्रम सँचालन हुँदैछ । जसमा कार्यबहाक राजदूत जीवन प्रकाश श्रेष्ठलाई छमछम नचाइने भएको छ । पेरिसका बिभिन्न भागमा छरिएर रहेका नेपालीहरुकालागि सजिलो होस भनि देउसी खेल्ने निश्चित ठाउँहरु बनाइएको छ जहाँ केहि परिवारहरु सामुहिक जम्मा भइ देउसी टोलिको आशिर्वाद लिने गरेका छन् ।

 

 

 

पेरिसमा रहेका नेपालीहरुलाई कठिन अबस्थामा आर्थिक सहयोग प्रदान गर्ने उदेश्यले एनआरएनए फ्रान्सले आकस्मिक कोष गठन गरेको हो । देउसी टोलीलाई खुला हृदयले स्वागत गर्दै खुलै मनले नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् । बिर्सँदै गएको सँस्कृति जीवन्त देख्न पाएका यहाँका नेपालीका बिच यो तिहार हर्षको रुपमा आइरहेको छ । नोभेम्वरको दोस्रो साता हुने देउसी कार्यक्रममा फ्रान्सका एक पुराना साँसद र मो भन्ने नगरपालिकाका मेयर तथा उपमेयरहरु समेत सहभागि हुँदैछन् ।

 

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

 

तपाइँको प्रतिक्रिया