वाराणसी वम विष्फोटमा नेपाली घाईते
अपडेट- सुर्खेत घर भई हाल सम्पूर्णानन्द विश्वविद्यालायमा अध्ययनरत राजेशका मित्र नवराज ओझाका अनुसार राजेशको हाल दशाश्वमेध चौक नजिकैको मारवाडी हस्पिटलमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त छ ।
-मोहन स्वरूप / भारत
मंगलवार बेलुका स्थानीय समय अनुसार करीब साढ़े छ बजे वाराणसीको शीतलाघाटमा भएको बम विस्फोटनमा एक १८ महिना कि बालिका तथा करीब ७० बर्षकी एक विदेशी महिलाको मृत्यु भएको छ । ३७ जना घायल भएका छन् । घाइतेहरूमा ३ जनाको अवस्था चिन्ताजनक छ ।
घाइतेहरूमा ३० जना भारतीय, ६ जना विदेशी छन् । १ जना राजेश शर्मा (तस्विर) नाम गरेका नेपाली पनि छ्न् । उनी १० बर्ष देखि वाराणसी मै अध्ययनरत छन् ।
उनी केही समय देखि हरेक दिन आरती गर्दै आएका थिए । राजेशको कान नजिकै विस्फोटनको समयमा उडेको एक ढुङ्गा आएर लागेको थियो। थप तस्विर भित्र हेर्नुस ।
विस्फोटन को समयमा वाराणसीको शीतला घाटसँगै जोडिएको दशाश्वमेध घाटमा नियमित हुने गङ्गा आरती चलिरहेको थियो । आरती मा सम्पूर्ण पण्डितहरू नेपाली मूल कै थिए भने दर्शकहरूमा हजारौं विदेशी तथा भारतीय नागरिक सामेल थिए । पुलिसका अनुसार दुधको क्यानमा टाईम बम राखिएको थियो जसमा २ बम विस्फोट हुनुभन्दा पहिले नै निस्क्रिय गरिएको थियो ।
(सूरक्षाकर्मी सहित राजेश शर्मालाई उद्दार गरिँदै)
इंडियन मुजाहिदीन समुहले मुंबईबाट मीडिया संगठहरूलाई गरेको ई-मेलमा विस्फोटनको जिम्मा लिएको छ । वाराणसी को शीतला घाट बम विस्फोटन को जिम्मेदारी लिने आतंककारी संगठन इंडियन मुजाहिदीनले गरेको ई-मेल मुम्बईको मलाड स्थित एक कल सेन्टरबाट गरिएको थियो । पुलिसले यो घटनामा २ जना लाई हिरासतमा लिएको थियो । तर सोधपुछ गरेर छोडिदियो ।
(विष्फोट गराइएको ठाउँ)
पुलिसका अनुसार आतंककारीहरूले असुरक्षित वाईफाई नेटवर्कलाई ह्याक गरेर यो मेल गरेका थिए । जुन एड्रेसबाट ईमेल गरिएको थियो । त्यो यो भन्दा पहिला २ पटक मात्र प्रयोग गरिएको थियो । आतंककारी संगठनले आफ्नो संदेशमा भनेको छ कि उसले यो विस्फोटन १९९२ मा अयोध्यामा बाबरी मस्जिद भत्काएको बदला लिनका लागि गरेको हो ।(तस्विर- एपी) ।






