अमेरिकी परमाणु हतियार संबन्धि सूचनापनि विकिलिक्समा सुरक्षित

विश्वभरिका अमेरिकी दूतावास र अमेरिकी विदेश मन्त्रालयले सन् १९६६ देखि २०१० सम्म गरेका २ लाख ५१ हजार २ सय ८७ पत्राचार विकिलिक्स वेबसाइटबाट खुलासा गर्ने सार्वजनिक भएपछि त्यसका प्रमुख आसान्जे गिरफ्तार गरिए । एकपछि अर्को गर्दै अमेरिकी गोप्य कागजात सार्वजनिक गरिएपछि अमेरिका त्रस्त बन्दै गएको छ । उसलाई विकिलिक्सबाट परमाणु हतियार संबन्धि गोप्य कागजात सार्वजनिक होलान् भन्ने झन् ठूलो चिन्ता र त्रास रहेछ ।

विकिलिक्सले प्राप्त गरेका गोप्य सूचनाहरू सार्वजनिक गर्न हुन्न भन्दै गरिएको अमेरिकी विरोधको मूल कारणपनि परमाणु हतियार संबन्धि गोप्यताहरू खुल्ने डरले हो भनि हिजो केही फ्रान्सेली पत्रपत्रिकाले सार्वजनिक गरेका छन् । तर आसान्जेलाई गिरफ्तार गरिएपनि अमेरिकी परमाणु हतियार संबन्धि गोप्य सूचनापनि विकिलिक्ससित प्रशस्तै रहेको र तिनलाई पुरै सुरक्षित गरि सकिएको आसान्जेका वकिलले दाबी गरेका छन् ।

अमेरिकाले उत्तर कोरिया, इरान लगायतका मूलुकले ठूलो परिमाणमा परमाणु र आणबिक हात हतियार भण्डार गरेर राखेको आरोप लगाउँदै आएको छ । त्यस्तो आरोप उसले चिनमाथि पनि लगाउने गरेको छ । उत्तर कोरियालाई चिनले त्यसमा सहयोग गरेको आरोप लगाउने गर्छ । त्यस्ता परमाणु हतियार केन्द्रहरुको मानव जिवनको लागि घातक भएकाले निरिक्षण गर्न पाउनु पर्ने माग र दबाब दिंदै आएको छ अमेरिकाले । ईराकमाथि आक्रमण गर्नु अघिपनि उसले ईराकलाई त्यहि आरोप लागाउँदै आएको थियो । आसान्जेका गोप्य सूचनामा  अमेरिकाका परमाणु हतियार संबन्धि जानकारी समेटिएको संकेत वकिलले दिएका छन् । त्यहि कारणलेपनि अमेरिका थप सशंकित र आक्रोसित बनेको छ ।

अमेरिकी परमाणु हतियार संबन्धि सूचनामा अमेरिकाले बढि चासो दिने हुँदा आसान्जेले तिनलाई पहिलेनै थप सुरक्षित तरिकाले राखिसकेको र आफ्नो गिरफ्तारी वा हत्या नै भएपनि तिनलाई सार्वजनिक गरिने व्यवस्था मिलाइसकेको दाबी आसान्जेका वकिल मार्क स्टेफनले गरेका छन् । उनका वकिलले के पनि दाबी गरेका छन् भने अहिलेसम्म विकिलिक्सले सार्वजनिक गरेका सूचना खासै केही होइनन् । आसान्जेले सार्वजनिक गर्न बाँकी सूचना यति कडा, गोप्य र महत्वपूर्ण छन् कि ती अमेरिकाका लागि परमाणु हतियार सरह सावित हुनेछन् ।

हाल उनलाई सिधै स्वीडेनमा सुपुर्दगी गर्नु पर्छ भन्ने आवाज पनि अमेरिका पठाउने नियतले आएको दाबी वकिल स्टेफनले गरे । यदि उनलाई स्वीडेन लगिए अन्ततः उनको जीवन असुरक्षित हुन सक्ने उनले बताएका छन् । एक वर्ष पहिले गूगल सर्च इन्जिनमाथि भएको साइवर हमलामा चिनियाँ विशिष्ट अधिकारीहरूको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

तपाइँको प्रतिक्रिया