बिदेशमा एक्लै नेपाल चिनाउँदैछन सांगे शेर्पा

  nepali-exposition-in-france-2.jpg

nepali-exposition-in-france-4.jpg

नेपालका सांगे शेर्पा अहिले फ्रान्स पुगेर नेपाल चिनाउँदै छन । एक्लो ब्यक्ति । एक्लो प्रयास । एक्लै मेहनतमा । खुशिको खबर होइन त यो ? पौभा पेन्टिङ गर्ने उनले फ्रान्समा एक्लै प्रदर्शनी गरेछन । त्यसको समाचार र थुप्रै फोटो पठाए नेपालप्लसलाई । मैले ईन्टरनेट र कम्प्युटरको किबोर्ड नमिलेर बेलैमा राख्न सकिन । त्यसको लागि क्षमा चाहन्छु पाठक र सांगे दुबैसँग । उनले मलाई ईमेलमा पठाएको जानकारि र प्रदर्शनीका तस्बिरहरु यहाँ राखेको छु ढिलै भएपनि -नेपालप्लस)

 

ददी दाई,
धेरै धेरै धन्यबात् ! प्रदर्शनीको बारेमा अलि बिस्त्रित जानकारी दिन मन लाग्यो । म पढाईको सिल्सिलामा पुर्बी फ्रान्सको बेसन्कन (Besançon) मा बस्छु । नेपालमा रहँदा पौभा चित्रकला सम्बन्धी लिएको अनुभबलाई अहिले यहाँ सदुपयोग गर्न पाउँदा अती खुशी लागेको छ । आफ्नो देशको गौरब संसारको छानो (le toit du monde) भन्दै अनी संस्क्रिति यहाँको बासिन्दाहरुसँग बाड्न पाउँदा गर्ब लाग्नेनै भयो । बेसन्कनमा नेपालीहरु धेरै नभएकोले कुनै नेपाली संघसंस्था आहिलेसम्म छैन । त्यसैले प्रदर्शनी एक्लैले गरेको हुँ !  फोटो पठाएको छु । फेरी पनि धेरै धन्यबातको साथ बिदा !
फेरी भेटौँला !
साङ्गे  

nepali-exposition-in-france-1.jpg

 

प्रदर्शनीमा अरु धेरै किसिमका उत्पादनहरु थिए ।

nepali-exposition-in-france-3.jpg

मैले जे जति सकें, ध्वजा पताका सजाएर नेपालमयनै बनाईदिने कोसिस गरेको थिएँ ।

nepali-exposition-in-france-5-jpg.jpg

प्रदर्शनीको समाचारले ले रेपुब्लिक्याँ (L’EST REPUBLICAIN) भन्ने दैनिकले छापेको थियो ।

nepali-exposition-in-france-6.jpg

फ्रान्सेलीहरुले मेरो कला नियाली नियाली हेरेका थिए ।

nepali-exposition-in-france-7.jpg

छुट्टै शैलीको भएकोले पनि दर्शकहरुको आँखा मेरो स्टलतिर सजिलै तनिएको थियो । प्रदर्शनी यहि महिनामा भएको हो ।

tee_shirt_.JPG

एक्जना अर्धबैसे  फ्रेन्च  अन्नपूर्ण ट्रेक लेखेको टीसर्ट लगएर आएको रहेछ ! मेरो लागि कत्रो ठुलो आश्चर्य थियो त्यो । लौ त भनेर फोटो पनि लीइहालियो । वास्तवमा उ नेपाल गएको रहेनछ । उसको साथीले उपहार ल्याइदिएको रे त्यो टीसर्ट ! नेपाल नटेके पनि उ नेपाललाई कती माया गर्दो रहेछ !

तपाइँको प्रतिक्रिया