गजल
-अनुकुल प्रकाश / चितवन
किन धेरै मायाँ लाग्छ फर्की जानेको
बाटो हिँड्दा आँखा जुध्दा तर्की जानेको
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
देखाएर फक्रिएको फूल जोवन
कम्मर त्यो लच्काएर मर्की जानेको
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
एकान्तमा कता कता लाग्छ झझल्को
बोल्दा बोल्दै अनायसै झर्की जानेको
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
रूप राम्रो साथै मन भेटेँ कोमल
दुख्दाखेरि अर्कोमन दर्की जानेको
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
खोपेको छु उसको रूप नौनी दिलमा
कालाजादु मुस्कानले छर्की जानेको





