गजल

-सुर्य मरहट्टा / चितवन

 संसदमै कुटाकुट के भो यस्तो लौन प्रभु

जताततै फुटैफुट् के भो यस्तो लौन प्रभु

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

जो मूर्ख र बलियो छ, त्यसले नै हाँक्छ अब

देशै भयो ब्रम्हलूट् के भो यस्तो लौन प्रभु

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

कडा कानून बन्यो भने आफै पर्छन् भन्ने डर

भ्रष्टाचारीलाई छूट के भो यस्तो लौन प्रभु

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

सत्यवादी नेताको त अनिकालै पर्‍यो देशमा

अझै पनि बोल्छन् झूट के भो यस्तो लौन प्रभु

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

प्रजातन्त्र आए पछि साँढे भए नेताहरू

जनता चाहिँ प्यासी उँट के भो यस्तो लौन प्रभु

तपाइँको प्रतिक्रिया