नेपालमा सधैँ शाह, थापा, राणा र कोइरालाको हालीमुहाली

नेपालका लागि फ्रान्सका प्रथम आवासीय राजदूत । कति होलान् यी सित त्यो बेलाको नेपालका अनुभव । तिनको ज्ञान गुनका कुरा सुन्न पाए ! सजिला रहेछन् नेपालकालागि फ्रान्सका पूर्व राजदूत फँसिस द नोइयल । खुल्ला ह्रिदयका । प्रस्ताव गर्नासाथ सहर्ष स्विकारे । घरको तल्लामा पुग्नासाथ दश औँला जोडेरै आतिथ्य गरे । अनि सोधे- के खाने ? उम्…….. के भनम् के ? अकमकिएको देखेपछि पत्नीलाई बोलाएर यस्सो चिसो सिसोको व्यवस्था गर्न लगाए ।

गर्मीयाम छ । खलखल पसिना आउने समय । उनकी पत्नीले बडेमानको हुस्कीको बोत्तल घसारिन् । भाँडाभरि आइस । छेउमा यस्सो काजु साजुको व्यवस्था ।

घर कहाँ पर्‍यो ?

‘चितवन’

खुब मज्जा आउँछ नी बाघ र गैँडाको शिकार खेल्न, हात्तीमा चढ्न त, उनले भने ।

‘ल हुस्की खाम है ?’ हुस्कीको बोत्तलमा आँखा सोझ्याउँदै हात तन्काइहाले गिलास तान्न ।

अहँ नखाने हुस्की त ।

 ‘ए ए तपाई त बाहुन है ? साँच्चि बाहुनले त खान हुन्न नी रक्सी !’ गलल हाँसे ।

‘रक्सी खाँदै नखाने बाहुन त हैन यो तर अहिले दिउँसै नखाम, गर्मीपनि छ भनेर’।

त्यसपछि जूसको भाँडो खोलेर दिए । अनि आफूले चाहिँ भट्टाभट खान थाले हुस्की । त्यस्तो गर्मी छ । तैपनि उनी त हुस्कीको चुस्की लिन छोड्दैनन् । थपेको थप्यै गर्छन् बा कुलुल्ल कुलुल्ल पार्दै बोत्तलबाट हुस्की ।

ल अब गफ मारम्, उनैले भने । बडा गफाडी रहेछन् । भारत स्थित फ्रान्सेली दुतावासमापनि काम गरिसकेका । अलिअघि हिन्दी जान्ने । खल्ली रहेछन् निक्कै । जवाहरलाल नेहरुलाई समेत चिने जानेका । भारत र पाकिस्तान टुक्रिनु अघिको राजनीति देखि जनभावना पुरा बुझेका । नेपालका राणाहरू भेटेका । राजमार्ग नुहुँदा ढाडमा बोकेर लगिएको रहेछ पहिलो गाडी । त्यो ढाडमा बोकेर भरियाले लाँदै गर्दा उनले देखेका रहेछन् । ‘हाम्लाइ त क्या सबले गोरा साप भन्थे’ जिल्ल पर्ने रहेछन् ।

मोहनशमशेर राणादेखि त्यो बेलाका सारा राणाहरूलाई चिनेका । त्यो बेलाको राजनीति सबै बुझेका । साँच्चै तगडा रहेछन् । खसोखास कूटनीतिज्ञ । काम कसरी पट्याउन पर्छ सबैमा चतुर । धेरै कुरा सुनाए ।

नेपालको राजनीतिको प्रसंग निकालेपछि भने उनलाई एउटा प्रसंग असाध्यै चाख लाग्दोरहेछ । त्यो के भने- किन नेपालमा सधैँ एउटै जात र अझ थरपनि एउटै भएका मान्छेले राज्य गर्छ । शक्तिमा किन सधैँ उही ? त्यो प्रसंग नेपालमा बहुदलीय प्रजातन्त्र आएर माओवादीले जलयुद्ध सञ्चालन गर्दै रहेका बेला थियो । प्रजातन्त्र आएपछि जनता शक्तिमा पुग्छन् भन्ने प्रसंग उप्किएको थियो । सत्ता फेरिएर के हुन्छ र ? जनताले पाउने के हो र ? आखिर सत्तामा पुग्ने तीनै पुराना त हुन् नी भन्ने तर्क गरे ।

गाउँमा जाँदा शाहहरूका अगाडि अगाडि गाउँलेहरू निहुरिन्थे । ३०, ४० वर्ष अगाडि उनी गाउँमा जाँदा शाहहरूका अगाडि जनता धनुष्टंकार नमस्कार गर्दै झुकेको उनले देखेका रहेछन् । शाहहरूले निर्देशन दिएको जानेका रहेछन् । राणाहरूको हैकम जाने बुझेका रहेछन् । सन् १९८० ताका राणाले सरकार चलाउँथे ।   त्यो बेला कूटनीतिक शिष्टाचारमापनि थापानै थिए । राजगद्दी मा शाह थिए । देशका अन्य ठूला ठूला पदमा तिनै शाहको हालीमुहाली ।

अवस्थापनि कस्तो पर्‍यो भने उनलाई भेट्न पुगेका बेला प्रधानमन्त्री सूर्य बहादुर थापा थिए । कमल थापा पनि मन्त्री थिए । यता नेकपा माओवादीको जलसेनाका प्रमुख रामबहादुर थापा थिए । सेनाका प्रमुखमा प्यारजंग थापा थिए । सशस्त्र प्रहरीमा सहवीर थापा । उता नेपाली काँग्रेसमा गिरिजा कोइरालाको सिंगै परिवार थियो । ३०, ४० वर्ष पहिले पनि उनले बीपी कोइराला, मात्रिका कोइराला, गिरिजा कोइरालानै भोगेका थिए । यता तिस चालिस वर्ष पछिपनि गिरिजा कोइराला ले सत्ता छोडेका छैनन् । झन् सारा परिवारनै राजनीतिमा अड्डा जमाइरहेको छ ।

“के हो नेपालको पारा यस्तो ? तिस वर्षपछि हेर्छु त प्रधानमन्त्री उही थापा । राजगद्दीमा उही शाह । परराष्ट्र मन्त्रीपनि शाह थरकै । सधैँ एउटै परिवार । अहिले जन आन्दोलन भयो । फेरिपनि उही परिवार । अझैपनि थापा, राणालेनै निर्देशन गर्छन् ।” अचम्म मान्दै सुनाए उनले । उनका तर्क मननियपनि छन् । नेपालमा प्राय कोइराला, शाह, राणा, थापा, वा बस्नेतनै सत्तामा पुगेका हुन्छन् । जुनै पार्टी होस । जसको सरकार होस् तिनै हुन्छन् सत्ताको महत्वपूर्ण पदमा । प्रशासनिक क्षेत्रमा तिनैको वर्चस्व हुन्छ । गत ५० वर्षको इतिहास हेर्दा त्यही पाइन्छ ।  

 उनैसँग संबन्धित तलको ब्लगपनि हेर्नुस-

नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र !

तपाइँको प्रतिक्रिया