आइतवार नागरिक समाजको पेरिसमा ब्रिहद भेला हुँदै

नेपालको राजनीतिक समस्या, संविधान निर्माण, नेताहरूको विदेश भ्रमण  र प्रवासमा रहेका नेपालीले देशका लागि के गर्न सकिन्छ । कस्तो भूमिका खेल्नु पर्छ अहिलेको अवस्थामा भन्ने विषयमा भोलि यही आइतवार १४ तारिख नागरिक समाजको ब्रिहद भेला राखिएको छ । भेलामा अघिल्ला कार्यक्रमको मूल्यांकन गर्नुकासाथै नागरिक समाजले खेल्नुपर्ने र गर्न सकिने आगामी कार्यक्रमका बारेमा ब्रिहद छलफल हुनेछ ।

यसमा सबै वर्ग, तप्का, समूह, व्यक्तिगत तथा संघसंस्थाका व्यक्तिहरू सहभागी हुन सक्ने छन् । यो कुनै दल, संघ संगठन, राजनीतिक भूमिका र उद्देश्यका लागि नभएर स्वतस्फूर्त रूपमा आव्हान गरिएको कार्यक्रम हो ।  यसमा कुनैपनि व्यक्ति प्रमुख रहने, पदाधिकारी चुन्ने नगरेर सबै सहभागी नागरिक समाजका सदस्यका रूपमा रहने खुल्ला र पदबिहिन रहने प्रावधान छ । भेलामा सबैले आआफ्ना धारणाहरू राख्न पाउने प्रावधान छ । कुनैपनि निर्णय सामूहिकरुपमा गरिने छ ।

 -कार्यक्रम निम्न स्थान र समयमा हुनेछ

 समय–  दिनको २ बजेदेखि ६ बजेसम्म

स्थान–  रेस्टुरेन्ट काठमाडौं

ठेगाना-   22 rue de Boulangers

75005, Paris.

मेट्रो-  Jussieu

लाइन– 7

यो खबर चिनजानका अन्य नेपालीहरूलाईपनि पठाइ दिएर सहयोग गर्नुहुन अनुरोध छ ।

तपाइँको प्रतिक्रिया