माओवादी उपाध्यक्षकोपनि पेरिसमा बिरोध

नेपालमा संबिधान नबनाएसम्म कुनै पनि राजनीतिक पार्टीका उपल्लो तहका नेता, सभासद र मन्त्रीहरुलाई स्वागत नगर्ने, तिनका राजनीतिक भाषण नसुन्ने, छलफल कार्यक्रम आयोजना नगर्ने बरु बिरोध गर्ने कार्यक्रम अहिले माओवादी नेतामा आइपुग्यो । उनलाई हिजो साँझ करिब ९.३० बजेतिर पेरिसवासी नेपाली नागरिक समाजले बिरोध गरेको छ ।

४.३० देखि ५ बजेसम्म भनेर पहिले तोकिएको समय हिजो साँझै एक्कासि बदलेर ९.३० तोकिएपनि नागरिक समाजक सदस्यहरु पेरिसस्थित राजदूत निवास पुगेर बिरोध जनाए । यस अघि माओवादी नेताका यस्ता भ्रमण हुँदा यहाँका नेपालीले राजनीतिक छलफलको कार्यक्रम बनाउने गर्थे । त्यो जमघटमा आएर तिनले पार्टीका तर्फबाट भाषण ठोक्थे ।

उनलाइ पनि यस अघि एमाले नेता केपी ओलीलाई झैं ‘नेपालमा बसेर संबिधान बनाउनुपर्ने यो महत्वपूर्ण समय बिदेश भ्रमणमा बिताएको, देशको संकटपूर्ण अवस्थामा बिदेश भ्रमण औचित्यपूर्ण नरहेको, आफुले गर्छु भनेर बाचा गरेर संसदमा गएर बनाउन नसक्दापनि तलब र भत्ता पचाउन ; भ्रष्टाचार र राज्यलूट गर्न चाहिँ नछोडेको, नेपाली जनताको इच्क्षा र आकांक्षा अनि पार्टीहरुले दिएको आश्वासन अनुसार काम गर्न नसकेकोले स्वागत गर्न नसकिएको भनाइ राखेका थिए । देशमा संबिधान नबन्नुको कारण पार्टीहरुले एक अर्कालाइ दोष लगाएपनि सबै पार्टीहरु दोषी रहेको स्मरण गराएका थिए । त्यस अवसरमा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई एक बिरोध पत्र बुझाइयो ।

बिरोधपत्र तल हेर्नुस-

नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई फ्रान्स स्थित नेपाली नागरिक  समाजका तर्फबाट बुझाइको बिरोध पत्र

समयमै संबिधान बनाउनुपर्ने दायित्वबाट नेपालका राजनीतिक दलहरु पन्छिरहेको अबस्था सर्वबिदीतै छ । जनआन्दोलनको भावना अनुरुप समयमै संबिधान बनाउन पठाइएका सभाषदहरुले संबिधान लेख्न सकेका छैनन । संबिधान नलेखेपनि ६ शय भन्दा बढी सभासद, मन्त्री देखि प्रधानमन्त्री सबैले राज्य बाट तलब, अतिरिक्त भत्ता, सुबिधा लिइरहेका छन् । सभासद तथा मन्त्रीहरुको तलब भत्ता र सुबिधा निश्चित कामका लागि तोकिने हो । तर तोकिएको कामै नगरेपनि राज्यको ढुकुटी सबै राजनितिक दल मिलेर रित्याइरहेका छन् । कुनैपनि राजनीतिक दलले जनताले दिएको म्यान्डीडेट अनुसार काम गर्न सकेनौँ त्यसैले राज्यबाट लिएको सुबिधा पनि फिर्ता गर्छौँ भनेका छैनन । र जनताले सबैभन्दा ठूलो दल बनाएर संबिधानसभामा पठाएको यहाँको पार्टीले समेत उक्त कुरा भनेको छैन । निश्चयनै यहाँको पार्टीलाई नेपाली जनताले शान्ति प्रकृयालाई नया संबिधान लेखेर टुँगोमा पुर्याउनका लागि भनेर संबिधान सभामा पुर्याएका हुन् ।

संबिधान लेखनको मुल मुद्दालाई पन्छाएर सरकार बनाउने र ढाल्ने काममा भुलेर नेपालका राजनीतिक दलहरुले गँभिर गल्ती गरिरहेको र देशमा अस्थितरताको खाडल झन झन बढ्दै गइरहेको हाम्रो बुझाइ छ । यो जटील अबस्थाबाट मुलुकलाई पार गराउन देशभित्रै सहमती र सहकार्यको बाटो खोज्नु पर्नेपनि हाम्रो बुझाइ छ । यो सहमती र सहकार्यको बाटो तपाइहरुले शान्ति प्रकृयामा आउनुपूर्व उठाउनुभएको माग राउन्ड टेबुल वार्ताबाट संभव छ । नभए देशका जटील मुद्दाहरुलाई निर्बाचनबाट  पार लगाउने उपायहरु निकाल्न सकिन्छ । तर यो किन हुन सकिरहेको छैन ? माओवादीले यो कारणले संबिधान बनाउन सकेनौ भनेर किन नेपालीका सामु भन्न सकेको छैन ?तपाइहरु किन सहमतीका आधारहरु खोज्ने नाउँमा बिदेशीहरुको इशारामा कहिले पश्चिमी राष्ट्रको भ्रमण त कहिले दक्षिणी राष्ट्रको भ्रमण गर्दै हिड्नुभएको हो बुझिनसक्नु छ । तपाइको यो भ्रमणको उदेश्यपनि बेलायतमा राजनीतिक निकाश खोज्न आउनुसँग जोडीएको छ ।

प्रतिपक्षी पार्टीको प्रभावशाली नेता रहनुभएका तपाइ, हाम्रो बिचारमा  देशभित्र बसेर कस्तो संबिधान बनाउने, राज्यलाई कसरी पुनसंरचना गर्ने, बाँकी ससाना पार्टी र प्रमुख प्रतिपक्षसित संबिधान निर्माणका लागि सहमति र छलफल गर्नुपर्ने हो ।  यसको सट्टा तपाइ लामो बिदेश भ्रमणमा निस्कनुको ओचित्य हामीले देखेका छैनौँ । यहाँलाई थाह भएकै छ देश जति जति दुर्दशापूर्ण  अबस्थामा गुज्रीरहेको छ त्यति नै बिदेशीहरुले नेपाल र नेपालीलाई सम्मानित नागरिक भन्दा  मगन्ते र आफ्नो समस्या समाधान गर्न नसक्ने असफल देशको दृष्टिकोणले हेरेका छन्। त्यसैले हामीलाई प्रमुखपार्टीका तपाइ नेताहरु बिदेशका गल्ली गल्ली भ्रमण गर्दै हिड्नु जनतामाथिको अपमान, राष्ट्रुप्रतिको गैर जिम्मेबारपूर्ण कार्य हो भन्ने हाम्रो बुझाइ छ । तपाइ  नेताहरुको गैरजिम्मेबार ब्यबहारले हामी बिदेशमा रहेका नेपालीलाई हुनसम्म लज्जाबोध गराइरहेको छ ।

यो लज्जाबोध अबस्था र परिस्थिति सहन नसकेरै पेरिसस्थित नेपाली नागरिक समाजले जनताको चाहना बमोजिम छिटो संबिधान बनोस भन्ने आग्रह गर्दै पेरिसमा रहेका नेपालीको नागरिक समाजका प्रतिनिधि २०६७ सालको भाइटीका पर्वलाई समेत भुलेर यहाँको भ्रमणको बिरोध र बहिष्कार यो पत्रमार्फत गर्न आइरहेका छौँ । हामीले पेरिसमा आउने कुनैपनि नेता तथा सभासद बहिष्कार कार्यक्रमलाई अभियानका रुपमा उठाइरहेका छौँ । यो अभियान हाम्रो गत बैशाख देखि जारी छ ।

यो अभियानको उदेश्य कुनैपनि राजनीतिक दललाई उचाल्ने र पछार्ने न इ  सबैलाई संबिधान निर्माणमा जुट्ने सद्बुबुद्दि मिलोस भन्ने हो । हाम्रो यो निर्णय गत बैशाखमै संसद सचिवालय, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयका साथै सबै राजनीतिक दलहरुलाई गराइएको छ । यदि यहाँको पार्टी नेकपा माओवादीलाई यो कुराको जानकारी छैन भने त्यसको पुन जानकारी गराएका छौँ र फेरी पनि तपाइ मार्फत, तपाइका सभासद, र सम्बन्धित सबैलाई यसबारे जानकारी गराइदिनुहुन आग्रह गर्छौँ ।

आइतबार, ७ नोभेम्बर  २०१० 

नेपाली नागरिक समूह, पेरिस, फ्रान्स

तपाइँको प्रतिक्रिया