कपिलवस्तु डे अब फ्रान्स, बेल्जियम र स्पेनबाटपनि

दुई चार सय वर्ष अगाडि त विश्वका धेरै मुलुकमा राज्यहरु टुक्रिएका थिए । नेपालमै बाइसे र चौबीसे राज्य थिए । त्यति बेला गोरखा दरबार अर्कै राज्यमा पर्थ्यो त पशुपतीनाथ अर्कै राज्यमा । कपिलवस्तु अर्कै राज्यमा पर्दो हो त गौतम बुद्दको मावली तिलौराकोट अन्तै । तर अहिले ति सबै धरोहर नेपालमा पर्छन् । अहिलेको तथ्य, तथ्यांक, प्रमाण र मान्यता अनुसार गौतम बुद्य नेपालमा जन्मिएका हुन् । उनी जन्मिएको थलो कपिलवस्तु जिल्ला र लुम्बिनी नेपालमा पर्छ । त्यसको सबै भन्दा ठुलो प्रमाण अशोका स्तम्भ नेपालमा छ । तर भारतीयहरुले यति ठुलो तथ्यलाई बिर्सेर नक्कली रुपन्देही निर्माण गरेका छन् । अनि त्यहि नक्कली रुपन्देहि देखाउँदै यहिँ हो गौतम बुद्य जन्मेको भन्ने भ्रम स्रिजना गरिरहेका छन् ।

वर्षै पिच्छे त्यसै भनेर हजारौं पयटक नक्कली रुपन्देही देखाउन लैजान्छन् । आफ्ना पुस्तक र पत्रीकमा त्यसै भनेर गलत सूचना प्रवाह गरिरहेका छन् । यसले नेपाललाई घाटा पर्दैन ? अवस्य पर्छ र अहिलेनै परिरहेको छ । अहिले नै वर्षको हजारौं पटक नक्कली रुपन्देहिलाई वास्तबिक रुपन्देहीका रुपमा हेर्न गएर लाखौं बिदेशी मुद्रा उता खर्च गर्छन् जुन नेपालले फाइदा लिनुपर्ने थियो ।

यसको उपाय के त ? हामीले त्यस्ता गलत भ्रमहरु चिर्ने । ब्यापक प्रचार प्रसार गर्ने विश्व भरिनै । भारतीय दाबीलाई असफल बनाउने हाम्रा तथ्य र तथ्यांकहरु प्रस्तुत गरेर विश्वका सामु । ब्यापक प्रचार प्रसार गरेर गौतम बुद्यको जन्मस्थल हामीले नेपालको कपिलवस्तु हो भनेर छर्लङ्ग पार्ने । त्यसैको लागि विश्वभरि अहिले नागरिक तहबाट अन्तर्राष्ट्रियरुपमै कपिलवस्तु अभियान सञ्चालन गरिएको छ । यसलाई अब फ्रान्सबाटपनि सञ्चालन गर्नु पर्छ बन्ने उद्येश्यले गएको सोमबार २५ तारिखकादिन पेरिसमापनि केही सीमित साथीहरू भएर छलफल गरियो । छलफलमा उपस्थित थिए कपिलवस्तु डे अभियानका सल्लाहकार प्राध्यापक डा कविताराम श्रेष्ठ । उनी वाल साहित्यकारका रुपमापनि लोकप्रिय छन् ।

अन्य मुलुकमा भन्दा गौतम बुद्य संबन्धि कुनै गतिलो, रचनात्मक काम गरेर मनाउनुपर्छ हामीले फ्रान्समा । समिति मात्रै गठन गरेर पद ओगटेझैं गरेर के बस्ने ? कुनै आँखा लाग्दो, लोभ लाग्दो कार्यक्रम गरौं न भन्ने राय निस्कियो । त्यसैले अझ बढि मित्रहरुलाई खबर गरेर ब्रिहद छलफलबाट समिति गठन गरौं । अनि गतिलो कार्यक्रम लिएर उत्रौं भन्ने निर्णय गरियो । यसको गतिलो पक्ष के भने बुद्य हामी सबै नेपालीका समान र राष्ट्रिय बिभूती भएकाले सबै पक्षलाई समेटेर जाउँ । सबै पक्षका नेपालीलाइ गोलबन्द गरौं । छलफलमा यो अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ भन्ने निचोड एकमतले निस्कियो । यसको लागि अर्को छलफल डिसेम्बरको ४ तारिखका दिन गर्ने निर्णयमा पनि पुगियो । यो अभियानलाई सक्दो सहयोग गर्ने बचन दिए नेपाली दुतावास पेरिसका काउन्सिलर जिवनप्रकाश श्रेष्ठले ।

छलफल पश्चात डा कविताराम श्रेष्ठ द्वारा लिखित बुद्धको जीवनीमा आधारित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला”  उपन्यासको बिमोचन समेत गरियो ।  पुस्तक बिमोचन संयुक्त रूपमा एन आर एन फ्रान्सका अध्यक्ष अशोक न्यौपाने, नेपाली एकता समाजका महासचिव प्रमोद पाण्डे र फ्रान्सका नेपाली ब्यापारी बिनोद ओझाले गरे ।

त्यसैगरि यो कपिलवस्तु डे अभियान यूरोपका अन्य मुलुकबाट पनि अगाडि बढाइँदै छ । स्पेनमापनि यस अभियानलाई अगाडि बढाउन इस्वर शर्माको राष्ट्रिय संयोजकत्वमा उपयुक्त ब्यक्तिहरु पाइएको खण्डमा पछि थप्न सकिने गरी हाल ११ सदस्यीय कपिलवस्तु दिवस अभियान स्पेन राष्ट्रिय कार्य समिति गठन गरिएको छ ।

उता बेल्जियममापनि हिजै कपिलवस्तु डे अभियानकालागि एक कार्यक्रम गरियो लुभेन शहरमा । त्यहाँपनि यो अभियानकालागि १३ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ सन्तोष न्यौपानेको संयोजकत्वमा । स्पेन र बेल्जियम दुबै ठाउँमा श्रेष्ठको बुद्य संबन्धि पुस्तक बिमोचन गरियो ।

गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन् । किनभने यो युनेस्कोको बिस्व संपदा सूचिमा समेत स्पष्ट लिपिबद्ध छ । त्यो तथ्य हेर्न यहाँ क्लिक गर्नुस । लुम्बिनी, गौतम बुद्य र कपिलवस्तु डे बारे अझ बढि जान्न यहाँ जानुहोस ।

(पहिलो तस्बिर यूनेस्कोको साईट र अन्तिम तस्बिर कपिलवस्तु डे अभियानको साईटबाट लिइएको हो) ।

तपाइँको प्रतिक्रिया