गौतम बुद्दबारे आज पेरिसमा छलफल
भारतले नक्कली लुम्बिनी खडा गरेर भारतमा पर्छ लुम्बिने र गौतमबुद्द भारतमा जन्मिएका हुन् भन्ने भ्रम स्रिजना गर्न खोजिरहेको छ । अर हाम्रो सरकार भने मौन छ । सरकार मौन बनोस् । तर विश्वभरिका नेपालीहरु मौन छैनन् । हुने पनि छैनन् । उनीहरुले आआफ्नो ठाउँबाट भारतीय झुठो प्रचारप्रसार र अत्याचार बिरुद्द आवाज उठाइरहेका छन् ।
त्यसैको लागि विश्वभरिबाट आवाज उठाउन, लुम्बिनीबारेको भ्रम चिर्न कपिलवस्तु अभियान सञ्चालन गरिएको छ । हो आज यहि कपिलवस्तु अभियानलाई फ्रान्सबाटपनि सहयोग साथ र समर्थन गर्न, यसलाई अगाडि बढाउन यस अभियानका एक हस्ती डा कविताराम श्रेष्ठ नेपालदेखि पेरिस आइपुगेका छन् ।
वाल साहित्यकारका रुपमा चर्चित उनले कपिलवस्तु अभियानका बारेमा आज पेरिस निवासी नेपालीसित छलफल गर्ने कार्यक्रम अकस्मात तय गरिएको हो । कपिलवस्तु, गौतम बुद्द र लुम्बिनीबारे बुझ्न, सहयोग गर्न र यस अभियानलाइ अगाडि बढाउनको लागि आजको कायक्रममा उपस्थित हुनुहोस् ।
कार्यक्रम कठमाडौं रेस्टुरेन्टमा हुँदै छ । त्यहाँ पुग्न लाईन ७ (ligne 7) को जुस्सियु (Jussieu) मेट्रो स्टेसन ओर्लिनुपर्छ । कार्यक्रम दिउँसो तिन बजेदेखि साँझ ६ बजेसम्म हुने छ ।
रेस्टुरेन्टको पुरा ठेगाना
Restaurant Kathmandu
22 Rue de Boulangers
75005 Paris




