बोकियो भारी
दिलिप योन्जन / अमेरिका
बोकियो भारी जिन्दगी भरी, उकाली देउराली
सम्झिँदा पनि झर्दछ आँसु, सुखको चौतारी
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
सबैको हाँसो खुसी, मै रहेछु अभागी
बिताउँदैछु नि दुखिया जीवन, आँसुले पखाली
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
चुहियो छानो छैन मानो, मुसा कराउने
आङको लुगा आङैमा फाट्दा, मान्छे रमाउने
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
दुखिको दुख कसले देख्ने, भगवान मूर्तिको
ब्यथा पिडा जिन्दगी रैछ, अभागी खप्परको
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
धर्म गरुँ जातै सानो, दिँदैन ढोग्नलाई
मागेरै बित्यो सकिएन हक, खोसेर लिनलाई





