केपी ओली गुपचुप बेल्जियममा
अपडेट- फ्रान्समा पत्नी सहित आएको खबर पाएपछि बेल्जियमका नेपालीहरुपनि ओलीको भ्रमणले चुर भएका रहेछन् । अनि नेपालीहरुले त्यहाँ बिरोध गर्ने भनेर नेपालीहरु तम्तयार भएका रहेछन् । त्यहि चाल पाएर ओलीको बेल्जियम भ्रमणलाई एमाले बेल्जियमको ब्रित्त भित्र मात्रै सिमित राखिएको रहेछ । मैले अहिले भर्खरै (फ्रान्सेली समय अनुसार ११.४५) मा बेल्जियमको बसेल्सस्थित नेपाली दुतावासमा फोन गरें उनको भ्रमण बारे बुझ्न ।
शुरुमै दुतावासमा एक नारीले अंङ्रेजी भाषा बोल्दै फोन उठाइन् । मैले म नेपाली हुँ त्यसैले नेपाली बोल्न चाहन्छु भनें । उनले तपाई नेपाली भएपनि अंग्रेजी बोल्न आउने रहेछ अंग्रेजी बोल्नुस् न भनिन्। मैले म नेपाली भएकाले नेपाली नै बोल्न चाहन्छु र पाउनुपर्छ भनेपछि अर्को एक नेपाली महिलाले फोन उठाइन् । मैले ओलीको भ्रमणबारे चासो राखें । उनले ओली बेल्जियम आएको थाह पाएको तर दुतावासमा कुनै औपचारिक संपर्क नराखेको जानकारी दिइन् । लगत्तै मैले बेल्जियममा अन्य नेपालीलाई सम्पर्क गरें । ओलीलाई बेल्जियमका स्थानिय एमाले नेताहरुले आन्तरपेन शहरमा राखेका रहेछन् । त्यहाँ पार्टीगत रुपमा छलफल हुने भएपनि चर्को बिरोध गर्ने डरले खुला कार्यक्रम भने आयोजना भने नगर्ने योजना रहेछ ।
नेपालीहरुले देशमा संबिधान नबनेसम्म जुनसुकै दलका नेता बिदेश भ्रमणमा आएपनि अस्विकार गर्ने निर्णय गरेको थाह पाएका थिए ओलीले । तरपनि उनी गत हप्ता पत्नी सहित पेरिस आइपुगेका थिए । त्यताबाट आल साल्भाडोर भन्ने मुलुक जाने भनेका ओली यहि ७ तारिख बेल्जियम हानिएका रहेछन् ।
नेपालका प्रथम आरोही ९२ वर्षिय मोरिस हेर्जोगको सम्मान कार्यक्रमका दिन बिदेशीहरुबाट एकलकाँटे जस्तै पारिएका उनी बेल्जियम गएपनि उनी गुपचुप रुपमा बसेको थाह भएको छ । बिदेश भ्रमणका बेला उनले सधैं नेपालीसित छलफल गर्न रुचाउँथे र भेटघाटका लागि बोलाउने गरिन्थ्यो । तर यसपटक नेपालीहरुले अस्विकार गर्ने निर्णय गरेको खबर सम्मान कार्यक्रमको साँझ उनका कुनै निकटबाट खुसुक्क थाह पाएपछि उनी लुसुक्क राजदुत निवासको सयन कक्षतिर लागेका थिए ।
पेरिसमा नेपालीहरुलाई भेटघाट गरि राजनीतिक छलफल गर्न डराएका उनको बेल्जियम यात्रालाई भने झन गुपचुप राख्ने कोसिस गरिएको छ । बेल्जियममा नेपालीको संख्या झन बढि रहेकोले त्यहाँका नेपालीहरुले बिरोध गर्न सक्ने भयले त्यसो गरिएको स्रोतले उल्लेख गर्यो । बेल्जियम पुगेका बेलापनि यस अघि उनले राजनीतिक छलफल गर्ने गरेका थिए । तर यस पटक भने उनको बेल्जियम भ्रमणलाई कहिँ कतै खबर नगरि गुपचुप राखिएको छ । नेपालप्लसले ओलीको भ्रमणबारे जान्न खोज्दा ओलीको भ्रमणका बारेमा यथार्थ जानकारी पाए त्यहाँपनि बिरोध गरिने केहि नेपालीहरुले उल्लेख गरे ।




