मधेसी मोर्चालाई टुक्र्यायो माओवादीले
छैठौं पटक पनि प्रधानमन्त्री पदको निर्वाचनमा टुंगो लागेन । दलहरुले मतदान गरेनन् । न माओवादीलाई मत दिन्छन् न त कांग्रेस उमेरदवारलाई नै । संसदिय ब्यवस्थानै जोक्कर बनाईसके । उपाय के त ? माओवादीले सकभर साना तिना दललाई आफ्नो पक्षमा ल्याउने र फकाउने रणनीति अपनाए । पार्टीका नेताहरु बिभिन्न दलसित वार्तामा जुटे । तरपनि प्रचण्डलाई मत दिने पक्षमा ल्याउन सकेनन् । अब के गर्ने ? कति पटक चुनाव लड्ने ? माओवादीको रणनीति बदलियो-सकेसम्म दलाहरुमा फाटो ल्याउने, फुटाउने र सके जतिलाई आफ्नो पक्षमा ल्याउने ।
पटक पटकको निर्वाचनमा पराजय र दलहरुबिच सहमतीको संभावना न्युन देखिएपछि माओवादीको बैठकमा प्रचण्डले दलहरु बिच फुट आउँदै गएको र पार्टीलाई त्यसले हित गरेको बताएका थिए । बिरोधी दलहरुलाई फुटाउन, उनीहरुबिच फाटो ल्याएर कमजोर बनाउनपनि प्रधानमन्त्री पदको निर्वाचनलाई अझै उपयोग गर्नु उपयुक्त हुने तर्क पार्टीमा राखेका थिए ।
माओवादीले दलहरुबिच राम्रै चलखेल गरेपनि । प्रधानमन्त्रीको चुनाव कै शिलशिलामा नेकपा एमाले झण्डै टुक्रिने अवस्थामा पुगेको थियो । बामदेव लगायतका थुप्रै नेता माओवादीसित सहकार्य गर्नुपर्ने पक्षमा पुगेका थिए । मधेशका दलहरुलाई आफ्नो पक्षमा तान्न भरमग्दुर कोसिस गर्दापनि नसकेपछि अहिले संयुक्त तराई मोर्चा मा फुटेको छ । यो माओवादीकै कारणले हो भनिन्छ । यसबाट संयुक्त मोर्चामा अझ फुट आ उने मूल्यांकन माओवादीको छ । अबको निर्वाचनमा आफ्नो पक्षमा मत बढ्ने आशापनि गरेका छन् ।
संयुक्त मधेशी मोर्चा तराईका पार्टीहरुको संयुक्त मोर्चा हो । उनीहरुले संयुक्त मधेश एक प्रदेश लगायतका मुख्य नारा बोकेका छन् । मोर्चामा संबद्य दलाहरुबिच प्रधानमन्त्री निर्वाचनमा मत दिने की नदिने भन्ने विषयमा मतभेद थियो । मधेशी जन अधिकार फोरम माओवादीलाई समर्थन गर्ने पक्षमा थियो भने केहि दल अहिलेकै गठबन्दका पक्षमा थिए । मतभेद गहिरिँदै जाँदा हिजो देखि फोरम मोर्चाबाट अलग्गिएको छ ।
मोर्चाको बैठक बसेकै बेला बिचबाटै फोरम अध्यक्ष उपेन्द्र यादव बाहिरिएका थिए । उनले बैठ्क त्यागेर बाहिरिँदा मोर्चा त्याग्ने वा प्रधानमन्त्री पदमा मतदान नगर्ने दुबै काम गर्न मोर्चामा संबद्दहरु स्वतन्त्र रहेको भनाई राखे । प्रधानमन्त्री पदमा मतदान नगर्न मोर्चामा रहेका दलहरु स्वतन्त्र भए झैं मोर्चाबाट अलग्गिनपनि स्वतन्त्र रहेको भन्दै प्रधानमन्त्री पदमा मतदान नगर्नेलाई चुतौती दिएका थिए उनले।
मोर्चामा रहेका तराई मधेश लोकतान्त्रिक पार्टी, बिजय कुमार गच्छदारको फोरम र नेपाल सद्भावना पार्टी महतो समूह अहिलेकै गठबन्दनका पक्षमा छन् । उता फोरम उपेन्द्र समूह र सद्भावना देवी को सरिता गीरी समूह भने लिखित सहमती गरेर प्रचण्डलाई मतदान गर्ने पक्षमा पुगेको बताइन्छ ।




