नमरि स्वर्ग देखिन्न

-भीम के सी कमल /  पोर्चुगल

नमरि स्वर्ग देखिन्न, भन्दैमा मर्न सकिन

टिपेर सिउरिन पाइन, भनी म झर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

सुन्दर बाग पिरतिको, छन् प्रेम-पुष्प फुलेका

सुकेर जान्छन् कि सबै, म सेंचन गर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

दुइ किनार भै फाटियो, संयोग कि दैवको खेल

मन्दै छ बहाव तर, म जंघार तर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

छेउमा गइ चियाउँदा, इशारा पाइन कुनै

शंकामै जुग जाने भो, म भर पर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

धाएमा हुने हो खेती, रोपेमा लाग्ने हो फल

भीमको बोट मासिन्छ क्यारे, म सत्बीज छर्न सकिन ।

तपाइँको प्रतिक्रिया