माफि मागेनन दिए राजिनामा
[नयाँ] मात्रीका यादव न हुन, किन झुक्थे ? झोक्किंदै गएर उनले ठोकेछन राजिनामा । उनले आफुले जायज काम गरेको अडान राख्दै माफि नमाग्ने बरु त्याग्छु मन्त्रे पद भनेछन । प्रधानमन्त्री प्रचण्डलाई लगेर उनले बुझाईहालेछन् पार्टी सचिवालयले उनले माफी माग्न निर्देशन दिने बित्तिकै । पार्टीले माफि माग्न दिएको निर्देशन र उनको यो निर्णयले माओवादे पार्टीभित्र सरकार सञ्चालन र पार्टीको मुख्य नीतिबारे नयाँ बिबाद उत्पन्न हुन सक्छ ।
अघिल्लो ब्लग
मात्रीकालाई माफी माग्ने निर्देशन, नत्र कारवाहीको डण्डा
तपाइहरु मध्ये अधिकांशले भन्नु भएको होइन ? मात्रीकाले ठिक गरे भनेर ? सबैका तर्क र मात्रीकाको कामलाई चुनौति दिँदै माओवादी आज अन्य दलका अगाडि झुकेको छ । आज मात्रीका यादवलाई नेकपा माओवादीको सचिवालय बैठकले माफी माग्न निर्देशन दिएको छ अस्ति सर्लाहीको मिर्चैयामा भएको घटनालाई लिएर । पार्टी निर्देशन बिना सुकुम्बासीलाई उचालेर टहरा बनाउन अघिसरेको, अन्य दलसँगको सहमतिमा आँच आउनेगरि एक्लो निर्णय गरेको, पार्टीको निर्देशन नपर्खिएको आदि इत्यादि आरोप लगाउँदै उनलाई पार्टीले माफीमाग्न निर्देशन दिएको छ । यो घटनाले अब मात्रीकाले मन्त्रीबाट मात्रै होइन पार्टीबाटै राजिनामा दिनसक्ने आशंका उब्जिएको पनि माओवादी श्रोतले उल्लेख गरेको छ । उनले हिजै पत्रकार सम्मेलन गरेर उल्टो वामदेव गौतमले आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप गरेको बताएका थिए । उनले त्यो जमिन राजपरिवारका सद्स्यले भूमिहिनबाट हडपेकाले आफुले सुकुम्बासीलाई नै फिर्ता दिलाउन लागेको र त्यो गराएरै छाड्ने अडान हिजोपनि दोहोर्याएका थिए । जग्गामा टहरा बनाउन सहयोग गरेको बेला त उनले आफ्नो काममाथि भाँजो हाले पार्टी र मन्त्री पद दुबै छोड्ने चेतावनि दिएका थिए । अहिले पार्टीले उनलाई भाँजो हाल्यो । उल्टो माफी समेत माग्न निर्देशन दिएको छ । अब के गर्लान त उनले ?
तपाइहरुमध्ये अधिकांशले उनको काम ठिक भन्नु भएको थियो । अझ धेरैले त “अगाडि बढ मात्रीका हामी छौं साथ दिने” भन्दै उचालि उचालि प्रतिक्रिया लेख्नु भएको होइन ? एक किसिमले त तपाईहरुपनि साथ लाग्नु भो नी उनको मन्त्री पद धारापमा पार्न होइन त ? लौ, उनलाई आपत पर्यो । अब कसरि साथ दिनुहुन्छ त ? अब सल्लाह दिनुस उनले के गर्ने ? कि त हो हजुर गल्ति गरेछु आवेगमा आएर भन्दै झुकेर मन्त्रीको कुर्चीमा टाँस्सिइरहनु पर्यो । कि त छोड्नुपर्यो मन्त्री पद । तपाइहरुले उचाली उचाली प्रतिक्रियाहरु लेखेको त्यो लेख तल हेर्नुस





