गजल

-भीम के सी कमल

बिरोधका मात्रै गाथा लेख्नेहरु धेरै भए
आफ्नो आङ्को भैंसी छाडि, जुम्रा देख्ने धेरै भए ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

अहंकारले मैमत्त र घमण्डले चुर बन्दै
हत्केलाले एक्लै आकाश थेग्नेहरु धेरै भए ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

रोम जल्दा निरो सरी बाँसुरीको धुन छर्दै
देशै जलाइ त्यहि हात सेक्नेहरु धेरै भए ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

अबरोधको बहानामा उत्साह र धैर्य छाडि
पाइला चल्दै बैशाखि टेक्नेहरु धेरै भए ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

जीबनपथमा चाहे जति सकिएन लम्किनलाइ
अघि बढदा “भीम” को बाटो छेक्नेहरु धेरै भए ।

तपाइँको प्रतिक्रिया