यस्तो बन युवा तिमी
-कृष्ण न्यौपाने / म्यानमार
पवन बनेर आनन्द देऊ, तिमी बतास हुरी न बन
अग्नि बनेर न्यानो ताप देऊ , तिमी ज्वालामुखी नबन
शीतल जल बनेर प्यास मेटी देऊ, नहोऊ नगर रिस तिमी
सन्तानलाई धेरै मायाँ देऊ, तर हिरण्यकशिपु नबन तिमी !
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
स्वादिष्ठ जलपान गर सधैँ, चार नम्बरी नबन तिमी
प्राणी सबैमा दया मायाँ गर लौ, निष्ठुरी नबन है तिमी
विद्वान् भइ सुकर्म गर्न सिकाऊ, घमन्डी नबन तिमी
मूर्ख र अत्याचारीहरूसँग बच है, यही नै छ शान्ति दिने !
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
कुबेर झैँ धनवान् बनेर तिमी, उपकारमा हात बढाउ
भीम झैँ बलवान् बनेर तिमी, सधैँ निर्बललाई सघाउ
वरुण झैँ रूपवान् बन, घृणा कसैलाई नगर
ऐश्वर्य रुप धन जाने छ, एक दिन यसमा भर नपर !
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
दया, करुणा,क्षमा र उपकार, गर्ने मनमा निश्चय गर
पितृ कर्तव्य र धर्मको पालन गर्ने, झट्टै अगाडि दर
मीठो, नम्र वचन बोल्ने सबलाई, इज्जत मान गरेर
यस्ता युवा पिँढी सन्तान तिमी बन, सबै नै भर पर्ने !




