छमछमी नाचे राजदूत, नचाए दर्शक
फ्रान्समा बस्दै आएका नेपाली युवाहरूको संस्था नेपाली एकता समाजले नेपालका बिकट गाउँमा असहाय वालवालिकाका लागि सहयोग गर्न र खानीपानी पुर्याउन आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । दोस्रो वाषिकोत्सवको अवसर पारेर आइतवार समाजले त्यस्तो घोषणा गरेको हो । कार्यक्रममा फ्रान्सका लागि नेपालका नवनियुक्त राजदूत मोहनक्रिष्ण श्रेष्ठलाई स्वागत गर्दै समाजका अध्यक्ष तप्त भण्डारीले त्यस्तो घोषणा गरे । नेपाल र नेपाली जुनसुकै देशमा रहेपनि आफ्नो देशको माया, प्रेम र सद्भाव भुल्न नसकिने हुँदा हरेक नेपालीले आफ्नो देशको दुख सुखमा साथ दिनु पर्ने जिम्मेवारी बोध गर्दै संस्थाले यस्तो निर्णय गरेको बताए ।
सभामा नवनियुक्त राजदूतले नेपाल र फ्रान्सबिचको संबन्ध भीमसेन थापाको पालादेखि जोडिएको स्मरण गराउँदै आफू फ्रान्सबाट आर्थिक, सामाजिक, सांस्क्रितिक, व्यापारिक तथा पर्यटकिय हितका लागि काम गर्न चाहेको बताए । एकता समाजको दोस्रो वार्षिक सभाको उद्घाटन गर्दै राजदूत श्रेष्ठले दूतावास एक्लैले ती उपलब्धिहरू हासिल गर्न नसक्ने बताउँदै त्यसका लागि फ्रान्सवासी नेपालीलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बिमल बस्याल, बिकास थापा, बिकास बिक, पूजा गुरुङ, वालिका जैनु श्रेष्ठ, माईला भेना, अम्रित सापकोटा लगायतका स्थानिय कलाकारहरूले नेपाली गित संगित र न्रित्य प्रस्तुत गरेका थिए । नेपाली झण्डा छातीमा बोकेर नाचिएको न्रित्यमा राजदूत श्रेष्ठलाई युवाहरूले छमछमी नचाएका थिए । कलाकारहरूले सुदूर पश्चिमको देउडा, गुरुङ, झ्याउरे लगायतका न्रित्यहरुले कार्यक्रमलाई जिवन्त बनाएको थियो ।














