“र” का एजेन्ट कसका निम्ति हानिएका दिल्ली ?

सरकारको कुर्सीमा को बस्ने ? कसले कसको आशीर्वादमा वाजी जित्ने ? भित्र भित्रै भारतलाई चाकरी गरेर कसले सरकार बनाउने ? यो दौड र मरिहत्तेका बीच नेपालबाट “र” का एक जना एजेन्ट तुरुन्त भारत हानिएका छन् । प्राय नेपाल बस्ने उनी माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा चढाउँनासाथ अहिले दिल्ली हानिएका हुन् । उनी राजनीतिक चलखेल गर्नकै निम्ति नेपाल बस्छन् । नेपालमा “र” एजेन्टका रूपमा चिनिँदै आएका नेपाली काँग्रेसका अमरेश कुमार सिं अहिले तात्तातै दिल्ली हानिएका छन् ।

नेपालमा जब जब राजनीतिक अवस्था बदलिन्छ । वा सरकार बदलिने स्थिति बन्छ । तब तब नेपाली नेपाली नेताका नौनाडी छाम्छन् । अनि नेपालको अवस्थाबारे बुझाउन भारत हानिन्छन् । उनले भारतीय नेताहरूलाई नेपालको अवस्था बारे बेलीबिस्तार मात्रै लगाउँदैनन् कि कसको पक्षमा सरकार बनाउने, कसलाई प्रधानमन्त्री बनाए भारतको स्वार्थ पुरा हुन्छ भन्ने लबिङ गर्छन् । कुन नेपाली नेताको भारत भक्ति कति छ बताउँछन् । भारतीय गुलियोमा भुल्ने नेपालका नेताहरूलाई अनेक प्रलोभन र भरोसा देखाएर भारतीय स्वार्थको सरकार र नेत्रित्व चयनको भूमिका खेल्छन् ।

उनी नेकपा एमाले, मधेशी दल र माओवादीका वरिष्ठ नेतासम्म घर घरै चहारेर भेटघाट गरिरहेका हुन्छन् । नेपाली कांग्रेस त उनको देखाउने दाह्रा भने झैँ पार्टी नै भैहाल्यो गुप्तचरी गर्ने । तीनै ‘र’ का गुप्तचर अहिले भारत हानिएका छन् । उनले पक्कैपनि कसै न कसैको पक्षमा सन्देश लिएर गएका छन् । कांग्रेस, एमाले, माओवादी र मधेशी दल सबैले आआफ्नो पक्षमा सरकार बनाउने कसरत गरिरहेका बेला अब उनको दिल्ली दौडाहाले कसलाई बाजी पर्ने हो । कुन नौटंकी सरकार देख्नु पर्ने हो ।

तपाइँको प्रतिक्रिया