कुर्ची छोड्दिन
– भीमराज पाराङ
एक छोड्दिन दुई छोड्दिन म तीन छोड्दिन
बरु हड्डी छोड्ला कुत्ताले, म कुर्ची छोड्दिन !
°°°°°°°°°°°°°°°°°°°°°
सपथ लिदा मन्मनै देशै खाने कसम खा’को
ज्यानै जाला त्यो कसम, म बाचा तोड्दिन !
°°°°°°°°°°°°°°°°°°°°°
घुस्खोरी र तस्करी त, सबै मेरै आफन्त हुन्
सानो-तिनो भुसुनासँग, म साईनो जोड्दिन !
°°°°°°°°°°°°°°°°°°°°°
कालो धन्दा कालै काम, पुर्खाले गरी आ’को
मेरो पनि त त्यही रास्त, म बाटो मोड्दिन !
°°°°°°°°°°°°°°°°°°°°°
एक छोड्दिन दुई छोड्दिन म तीन छोड्दिन
बरु हड्डी छोड्ला कुत्ताले, म कुर्ची छोड्दिन !




